+

पिकलबल विश्वकपमा दावालाई कास्य

२०८३ भदौ  १८ गते ११:२९ २०८३ भदौ १८ गते ११:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भियतनामको दा नाङमा जारी तेस्रो पिकलबल विश्वकपमा नेपालले कांस्य पदक जितेको छ ।
  • नेपाली खेलाडी दावा शेर्पाले पुरुष एकलतर्फ ब्राजिलका खेलाडीलाई २१–१२ र २१–१२ ले हराउँदै कांस्य पदक सुनिश्चित गरेका हुन् ।
  • विश्वकपमा नेपालसहित ६४ देशका खेलाडी सहभागी भएको नेपाल पिकलबल संघका अध्यक्ष सौरभ भण्डारीले जनाएका छन् ।

१८ भदौ, काठमाडौं । तेस्रो संस्करणको पिकलबल विश्वकपमा नेपालले कांस्य पदक जितेको छ ।

भियतनामको दा नाङमा जारी विश्वकपअन्तर्गत नेपाली खेलाडी दावा शेर्पाले पुरुष एकलतर्फ कास्यपदक जितेका हुन् ।

विश्वकपमा नेपालसहित विश्वका ६४ देशका खेलाडीको सहभागिता रहेको नेपाल पिकलबल संघका अधयक्ष सौरभ भण्डारीले जनाएका छन् ।

विश्वकपको पहिलो सहभागितामै नेपाली खेलाडीले पदक जित्न सफल हुनुलाई नेपाली पिकलबलको अन्तर्राष्ट्रिय यात्रामा महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको अध्यक्ष भण्डारीले बताए ।

तेस्रो स्थानका लागि भएको खेलमा दावाले ब्राजिलका खेलाडीलाई २१–१२ र २१–१२ को सोझो सेटमा पराजित गर्दै कास्यपदक सुनिश्चित गरेका हुन् ।

दावा शेर्पा पिकलबल विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय