News Summary
Generated by OK AI. Editorially reviewed.- करण केसीले ४ विकेट लिएपछि नेपालले मलेसियालाई ६ विकेटले हराउँदै एसीसी प्रिमियर कपमा लगातार दोस्रो जित दर्ता गरेको छ।
- १०४ रनको लक्ष्य नेपालले २१.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो, अर्जुन कुमालले अविजित ४५ रन बनाए।
- नेपालले यसअघि पहिलो खेलमा बहराइनलाई पराजित गरेको थियो र अब आइतबार हङकङसँग खेल्नेछ।
१८ भदौ, काठमाडौं । बलिङमा करण केसी तथा ब्याटिङमा अर्जुन कुमालले राम्रो प्रदर्शन गरेपछि मलेसियामा जारी एसीसी प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ ।
बिहीबार भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो । मलेसियाले दिएको १०४ रनको लक्ष्य नेपालले २१.४ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो ।
अर्जुन कुमालले अविजित ४५ रन बनाए भने इशान पान्डेले २० तथा दीपेन्द्रसिंह ऐरीले अविजित १२ रन बनाए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया ३२.३ ओभरमा १०३ रनमा अलआउट भएको थियो । मलेसियाका लागि कप्तान साइद अजिजले सर्वाधिक ३० रन बनाए भने अकिल वाहीदले २४ रन बनाए ।
विरानदीप सिंहले १४, मुहम्मद स्याहदात राम्लीले १३ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका लागि करण केसीले ७.३ ओभरमा २३ रन दिएर ४ विकेट लिए । ललित राजवंशीले २ तथा हेमन्त धामी, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट लिए ।
नेपालले यसअघि पहिलो खेलमा बहराइनलाई पराजित गरेको थियो । अब नेपालले आइतबार साउदी अरेबियासँग खेल्नेछ ।
प्रतिक्रिया 4