News Summary
Generated by OK AI. Editorially reviewed.- दीपकराज बोहराले त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका नागरिकको अवस्था र उद्धार प्रगतिबारे संसद्लाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराए ।
- उनले सरकारले सुरुङमा फसेका मानिस उद्धार गर्न सक्ने हो कि होइन भनेर प्रश्न गर्दै विदेशीसहयोग चाहिने हो कि भनी पनि सोधे ।
- बोहराले भविष्यमा हिमताल फुटेर हुने बाढीको क्षति कम गर्न जोखिमयुक्त हिमतालको एआई प्रविधिमार्फत निगरानी गर्न सरकारलाई आग्रह गरे ।
१८ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद दीपकराज बोहराले त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका नागरिकको अवस्था र उद्धारको प्रगतिबारे संसद्लाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उनले निर्माणाधीन जलविद्युत आयोजनाको टनेल तथा सुरुङमाा फसेका नागरिकको सरकारले उद्धार गर्न सक्ने हो कि होइन ? भनि प्रश्न समेत गरे ।
‘यो त्रिशूली–३ ‘ए’मा खोल्न मिल्ने हो कि होइन ? सरकारले सक्ने हो कि होइन ? कसको इफोर्ट लाग्ने हो ? त्यो सुरुङमा मान्छे जीवित छन् कि छैनन् । कसले भनिदिने हो खासमा ? विदेशी कसैको सहयोग चाहिएर कोही आउने हो कि ? सरकारले बताइदिनुपर्यो,’ उनले भने ।
भविष्यमा हिमताल फुटेर आउने बाढीको क्षति कम गर्न एआई प्रविधिमार्फत जोखिमयुक्त हिमतालको निगरानी गर्न समेत सरकारको ध्यानाकर्षण गराए ।
‘यस्ता हिमतालहरू नेपालमा धेरै छन् । अगामी दिनमा यस्ता हिमतालहरू नफुट्नका लागि एआईजडिट क्यामेराहरू हुन्छन् । एआई आफैंले रिपोर्ट गर्छ । तालमा वा पहाडमा कुनै हलचल भयो सूचना दिने खालका क्यामेरा जडान गर्ने हो कि ?,’ उनले भने ।
प्रतिक्रिया 4