+
+
Shares

संखुवासभामा गोली हानेर शिक्षकको हत्या

संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १९ गते ९:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संखुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा भरुवा बन्दुक प्रहारबाट कालिका आधारभूत विद्यालयका ३६ वर्षीय शिक्षक नरकुबिर खम्बु राईको हत्या भएको छ।
  • जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख कुमार प्रसाद मैनालीका अनुसार राईमाथि गएराति ७ बजे विद्यालय नजिकै गोली प्रहार भएको थियो।
  • घटनामा कसले र किन गोली हानेको हो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ।

१९ भदौ, संखुवासभा । संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको छ ।

मकालु –१ चिर्खाङ स्थित कालिका आधारभूत विद्यालयका शिक्षक ३६ वर्षीय नरकुबिर खम्बु राईको गोली हानेर हत्या भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कुमार प्रसाद मैनालीले बताए ।

प्रहरी नायव उपरीक्षक मैनालीका अनुसार गएराति ७ बजे शिक्षक राई माथि गोली प्रहारबाट हत्या भएको हो ।

गोली प्रहारबाट शिक्षक राईको देब्रे कोखमा रगत बगेको देखिएको छ । कालिका माध्यमिक विद्यालयमा बस्दै आएका शिक्षक राई गएराति खाना खाएर हात धुन बाहिर निस्किएपछि बरुवा बन्दक प्रहार भएको थियो ।

बन्दुकको आवाजसँगै उनी ढलेको सोही विद्यालयकी शिक्षिका टिकामाया राईको भनाइ उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार विद्यालय नजिकैबाट शिक्षक माथि गोली प्रहार देखिएको छ ।

शिक्षक राईमाथि भरुवा बन्दुकको गोली प्रहार भएको घटनाको कसले के कारण हानेको थियो भनेर खुल्न नसकेको प्रहरीले जनाएको छ ।

घटना लगत्तै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज अर्याल सहितको टोली इलाका प्रहरी कार्यालय हेदाङनागढीको टोली घटना स्थल तर्फ लागेको छ ।

घटनास्थल इलाका प्रहरी कार्यालय हेदाङनागढीबाट करिब ६ घण्टाको पैदल दुरीमा पर्दछ । घटनाबारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?