+
+
Shares

अस्ट्रेलियामा ईभी बिक्रीमा नयाँ रेकर्ड, चिनियाँ गाडीको दबदबा

अगस्ट महिनामा अस्ट्रेलियाका १० सर्वाधिक लोकप्रिय सवारी ब्रान्डको सूचीमा ५ वटा चिनियाँ कम्पनीहरू पर्न सफल भएका छन्। जसमा बिवाइडी, जिडब्लुएम, एमजी, गिली र चेरी रहेका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १९ गते १०:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अस्ट्रेलियामा अगस्टमा बिक्री भएका नयाँ सवारी साधनमध्ये बीईभीको हिस्सा २४.९ प्रतिशत पुगेर नयाँ कीर्तिमान बनेको छ।
  • एफसीएआईका अनुसार, सन् २०२६ को पहिलो आठ महिनामा बिवाइडीले अस्ट्रेलियामा ६८ हजार ४२३ गाडी बिक्री गरी सन् २०२५ को सोही अवधिभन्दा १०८ प्रतिशत वृद्धि गरेको छ।
  • अगस्टमा अस्ट्रेलियाका १० सर्वाधिक लोकप्रिय सवारी ब्रान्डमध्ये ५ वटा चिनियाँ कम्पनी परेका छन्, जसमा बिवाइडीले ८ हजार २३१ गाडी बिक्री गरेर दोस्रो स्थान हासिल गरेको छ।

१९ भदौ, काठमाडौं । अस्ट्रेलियामा चिनियाँ गाडीहरूको बढ्दो लोकप्रियतासँगै विद्युतीय सवारी साधनको बिक्रीले नयाँ कीर्तिमान कायम गरेको छ।

‘फेडरल च्याम्बर अफ अटोमोटिभ इन्डस्ट्रिज’ (एफसीएआई) ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, अगस्ट महिनामा अस्ट्रेलियामा बिक्री भएका कुल नयाँ सवारी साधनमध्ये ‘ब्याट्री इलेक्ट्रिक भेहिकल’ (बीईभी) को हिस्सा २४.९ प्रतिशत पुगेको छ। यसअघि गत जुन महिनामा यस्तो हिस्सा २३.३ प्रतिशत रहेको थियो।

बढ्दो इन्धनको मूल्यका कारण गत मे महिनामा पहिलोपटक विद्युतीय सवारीको बजार हिस्सा २० प्रतिशत नाघेको थियो। त्यसयता लगातार चौथो महिना पनि ईभीको बिक्री २० प्रतिशतभन्दा माथि रहन सफल भएको छ। एफसीएआईका अनुसार, सन् २०२५ को अगस्टको तुलनामा यस वर्षको सोही अवधिमा ईभीको समग्र बिक्री १७१ प्रतिशतले बढेको छ।

उत्कृष्ट १० मा ५ चिनियाँ ब्रान्ड

अगस्ट महिनामा अस्ट्रेलियाका १० सर्वाधिक लोकप्रिय सवारी ब्रान्डको सूचीमा ५ वटा चिनियाँ कम्पनीहरू पर्न सफल भएका छन्। जसमा बिवाइडी, जिडब्लुएम, एमजी, गिली र चेरी रहेका छन्।

चिनियाँ ब्रान्ड बिवाइडीले अगस्टमा ८ हजार २३१ वटा नयाँ गाडी बिक्री गर्दै जापानी ब्रान्ड टोयोटापछि दोस्रो स्थान ओगट्न सफल भएको छ। सन् २०२५ को अगस्टमा बिवाइडीको बिक्री ४ हजार ८७७ मात्र थियो।

त्यस्तै, अर्को चिनियाँ ब्रान्ड गिलीले अघिल्लो वर्षको सोही महिनाको (४०१ वटा) तुलनामा एक हजार प्रतिशतभन्दा बढीको छलाङ मार्दै ४ हजार ५०४ वटा गाडी बिक्री गरेको छ।

सन् २०२६ को पहिलो आठ महिना अर्थात् अगस्ट अन्त्यसम्मको तथ्याङ्क हेर्दा, बिवाइडीले अस्ट्रेलियामा कुल ६८ हजार ४२३ वटा गाडी बिक्री गरिसकेको छ। यो सङ्ख्या सन् २०२५ को सोही अवधिको (३२,८३९) तुलनामा १०८ प्रतिशतले बढी हो।

ईभीको यो बढ्दो क्रेजलाई लक्षित गर्दै एफसीएआईका प्रमुख कार्यकारी टोनी वेबरले अस्ट्रेलियाको सवारी बजारमा महत्त्वपूर्ण संरचनात्मक परिवर्तन भइरहेको बताएका छन्।

सिन्ह्वाको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?