News Summary
Generated by OK AI. Editorially reviewed.- शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार ५ सय रुपैयाँ बढेर ३ लाख ७ हजार ४ सय रुपैयाँ तोकिएको छ।
- एक सातामा सुनको मूल्य प्रतितोला ११ हजार १ सय रुपैयाँ घटेको छ, अघिल्लो शुक्रबार ३ लाख १८ हजार ५ सय रुपैयाँ थियो।
- शुक्रबार चाँदीको भाउ तोलामा ४० रुपैयाँ बढेर ४ हजार ७६५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
१९ भदौ, काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार ५ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख ७ हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
एक सातामा भने सुनको मूल्य ११ हजार १ सय रुपैयाँ घटेको हो । यसअघि गत शुक्रबार सुनको भाउ प्रतितोला ३ लाख १८ हजार ५ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदीको भाउ आज तोलामा ४० रुपैयाँ बढेर ४ हजार ७६५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन ४ हजार ७२५ रुपैयाँ थियो । यसअघि गत शुक्रबार चाँदीको भाउ प्रतितोला ४ हजार ९६५ रुपैयाँ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4