+
+
Shares

दुई जनाको जीवितै उद्धार भएको त्रिशुली थ्री-‘ए’ सुरुङमा कति मानिस छन् ?

पावरहाउस पुग्नै बाँकी छ उद्धार टोली

त्रिशुली थ्री ए परियोजना प्रमुख आवास ओझाले भने, ‘यी दुई जनालाई पावरहाउस पुग्ने बाटोमा जीवितै भेटेर उद्धार गरिएको हो, पावरहाउसमा पुग्न बाँकी नै छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १९ गते ११:०९
जीवितै उद्धार गरिएका कविर महर्जन ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल विद्युत् प्राधिकरणको त्रिशुली थ्री-ए परियोजनाको सुरुङबाट मेकानिकल फोरम्यान सञ्जय साह र सुपरभाइजर कविर महर्जनलाई १० दिनपछि जीवितै उद्धार गरिएको छ।
  • आयोजना प्रमुख आवास ओझाका अनुसार उद्धार टोलीले पावरहाउस पुग्ने सुरुङबाट उनीहरूलाई भेटेर निकालेको हो, तर कति दूरीबाट उद्धार गरियो भन्ने खुलेको छैन।
  • ओझाले ६० मेगावाटको परियोजना ओभरहलिङका लागि बन्द गर्दा सुरुङभित्र ४२ जना इन्जिनियर तथा कर्मचारी फसेको अनुमान गरिएको बताए।

१९ भदौ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको त्रिशुली थ्री-‘ए’ परियोजनाको सुरुङबाट उद्धार टोलीले दुई जनाको जीवितै उद्धार गरेको छ ।

विद्युत् प्राधिकरणका मेकानिकल फोरम्यान सञ्जय साह र सुपरभाइजर कविर महर्जनको १० दिनपछि आज बिहान सुरुङबाट जीवितै उद्धार गर्न सफलता प्राप्त भएको हो ।

त्रिशुली थ्री ए परियोजना प्रमुख आवास ओझाका अनुसार उद्धार टोलीले पावरहाउस पुग्ने सुरुङबाट यी दुई जनाको उद्धार गरेको हो ।

‘यी दुई जनालाई पावरहाउस पुग्ने बाटोमा जीवितै भेटेर उद्धार गरिएको हो, पावरहाउसमा पुग्न बाँकी नै छ,’ उनले भने ।

सुरुङभित्र अँध्यारो हुने हुनाले उनीहरूलाई पावरहाउसको कति दुरीबाट उद्धार गरिएको हो भन्न नसकिने पनि उनले जानकारी दिए ।

सुरुङभित्रबाट जीवितै उद्धार गरिएका सञ्जय साह ।

सञ्चालनमा रहेको ६० मेगावाटको यो परियोजना बन्द गरी समग्र मर्मत (ओभरहलिङ) को काम भइरहेको थियो । त्यसो हुँदा विद्युत् गृहमा नदीबाट पानी छिर्ने सुरुङ बन्द गरिएको थियो ।

सुरुङभित्र रहेको विद्युत् गृहमा ४२ जना इन्जिनियर तथा कर्मचारीहरू फसेको अनुमान नेपाल विद्युत् प्राधिकरणको छ । त्यसमध्ये सबैभन्दा धेरै मानिसहरू विद्युत गृहमा नै रहेको अनुमान छ ।

सुरुमा उद्धार गरिएका सञ्जय साहले भित्र सबैजना जीवित रहेको बताए पनि कति मानिसहरू रहेको भन्ने नखुलेको पनि आयोजना प्रमुख ओझाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?