News Summary
Generated by OK AI. Editorially reviewed.- शुक्रबारदेखि देशभरका हलमा कान्समा पुरस्कृत ‘एलिफेन्ट्स इन द फग : तिनीहरू’ र बलिउडको ‘मिर्जापुर’ प्रदर्शनमा आएका छन् ।
- अविनाशविक्रम शाह निर्देशित ‘तिनीहरू’ १०८ मिनेटको पीजी सर्टिफिकेट प्राप्त ड्रामा हो, जसमा पुष्पा थिङले शीर्ष भूमिका निर्वाह गरेकी छन् ।
- शाहले बाढीको बेला फिल्म ल्याउनुलाई कृतघ्नता नठान्न आग्रह गर्दै कला मानवीय कथा बोकेर हिँडिरहनुपर्ने बताएका छन् ।
काठमाडौं । शुक्रबारदेखि नेपालका हलमा दुई कथानक फिल्म प्रदर्शनमा आएका छन् । कान्स फेस्टिभलमा पुरस्कृत ‘एलिफेन्ट्स इन द फग : तिनीहरू’ र बलिउडको ‘मिर्जापुर’ रिलिज भएका छन् ।
अविनाशविक्रम शाह निर्देशित ‘तिनीहरू’को रनटाइम १०८ मिनेट र सर्टिफिकेट पीजी छ । हराएकी छोरी खोज्न मुख्य पात्र पिरतीले गर्नुपर्ने संघर्षको कथा यसमा छ ।
ड्रामा जनरामा राखिएको यो फिल्ममा पुष्पा थिङको शीर्ष भूमिका छ । कान्सको अन सर्टेन रिगार्ड विधामा जुरी पुरस्कार जितेको यो फिल्म देशब्यापी प्रदर्शनमा आएको छ ।
यो फिल्मको प्रदर्शनलाई लिएर निर्देशक शाहले सामाजिक संजालमा लेखेका छन्, ‘हामीलाई लाग्छ, विपत्तिका यस्ता अवस्था बढ्दै जाँदा, हामी को हौँ भनेर सम्झिरहने एउटा तरिका कला पनि हो । शोक र क्षतिको बीचमा पनि हामीले हाम्रा मानवीय कथाहरू अघि बोकेर हिँडिरहनुपर्छ ।’
शाहले आग्रह गरेका छन्, ‘देशभर बाढीको पानी उर्लिरहेको बेला, एलिफेन्ट्स इन द फग यहाँहरूमाझ ल्याउनुलाई हाम्रो कृतघ्नता नसोचिदिनुहोला ।’
प्रतिक्रिया 4