+
+
Shares

रसुवा बाढी : कर्णालीका दुई जनाको मृत्यु, १६८ अझै सम्पर्कविहीन

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २० गते २२:०४

२० भदौ, सुर्खेत । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीसम्ममा आएको बाढीका कारण कर्णाली प्रदेशका अझै १६८ जना सम्पर्कविहीन छन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी सन्तोषसिंह राठौरका अनुसार कर्णाली प्रदेशका जिल्लाहरूबाट २४८ जना सम्पर्कविहीन भएकामा त्यसमध्ये हालसम्म ७८ जना सम्पर्कमा आएका छन् । सम्पर्कविहीनमध्ये दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा सल्यानको बागचौर नगरपालिका–१० पिपलनेटाका २० वर्षीय आयुष खड्का र हुम्लाको ताजाकोट गाउँपालिका–२ का नहकुल शर्मा रहेको प्रहरीले जनाएको छ । शर्मा रसुवा भन्सार कार्यालयका अधिकृत हुन् ।

सम्पर्कविहीन जुम्लाका धेरै

प्रहरीको विवरणअनुसार सम्पर्कविहीन हुनेमा सबैभन्दा धेरै जुम्लाका ६३ जना छन् । त्यसपछि सल्यानका ५१ जना, सुर्खेतका १५ छन् ।

यस्तै, मुगुका ११, रुकुम पश्चिमका सात, हुम्ला र कालीकोटका ६–६, दैलेखका पाँच, जाजरकोट र डोल्पाका २–२ जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।

सम्पर्कविहीन हुनेमा १४३ जना पुरुष, २६ जना महिला र चार जना बालिका रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?