+
+
Shares

गोरखामा बाढीले तीन घर बगायो

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २१ गते ६:२९

२१ भदौ,  काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका-४ मा नाम्रुङ खोलामा आएको बाढीले तीन वटा घर बगाएको छ ।

गएराति साढे ३ बजेको समयमा आएको बाढीले चुमनुब्री गाउँपालिका-४ नाम्रुङका नगु छिरिङ, उर्गीन लामा र लाक्पाभुटी लामाको घर बगाएको गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिए ।

भारी वर्षापछि नाम्रुङ खोलामा बाढी आउँदा एउटा फलामको पुलमा समेत क्षति पुगेको गोरखाका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।

बाढीबाट मानवीय क्षति भने नभएको र अहिले वर्षा रोकिएका कारण खोला घट्ने क्रममा रहेको डीएसपी श्रेष्ठले बताए ।

प्रशासनले उक्त नदी तटीय क्षेत्रमा रहेका नागरिकलाई सतर्कता अपनाउन अनुरोध समेत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?