+
+
Shares

गोरखा बाढी अपडेट : चार घर र फलामे पुल बगायो

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २१ गते ७:०४

२१ भदौ, काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका-४ मा बाढीले चार घर बगाएको छ ।

गोरखाका डीएसपी राजकुमार श्रेष्ठका अनुसार गएराति तीन बजेतिर नाम्रुङ खोलामा आएको बाढीले वडा नम्बर-४ नाम्रुङका नुर्वु ओङ्ग्याल, उर्गेन छयोदेन, लाक्पा भुटी र दोर्जे ग्याल्जेनको घर बगाएको छ ।

बाढीबाट मानवीय क्षति भने नभएको डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए । बाढी आएको थाहा पाएपछि स्थानीयले भने भागेर ज्यान जोगाएका उनले बताए ।

मुहान भेगतिर खोला केही बेर थुनिएर लेदोसहित बाढी आएको हुन सक्ने सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।

बाढीले सो गाउँपालिकाको वडा नम्बर-४ र वडा नम्बर-२ जोड्ने फलामको पुल समेत बगाएको उनले बताए ।

आइतबार बिहान ४:४० बजेदेखि भने बाढीको बहाब कम भएको र अहिले खोला पहिलाकै अवस्थामा रहेको उनले बताए ।

सो खोला बूढीगण्डकीसँग मिसिने हुँदा बूढीगण्डकीको तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरिएको उनले बताए छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?