+
+
Shares

पृथ्वी राजमार्ग अवरुद्ध हुँदा वैकल्पिक मार्गमा सवारी चाप

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २१ गते १६:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धादिङको कृष्णभिर क्षेत्रमा पृथ्वी राजमार्ग अवरुद्ध भएपछि हेटौंडा हुँदै काठमाडौं प्रवेश गर्ने वैकल्पिक मार्गमा सवारी साधनको चाप बढेको छ।
  • भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पृथ्वी राजमार्गका विभिन्न खण्डमा क्षति पुर्‍याएको थियो।
  • मुख्य राजमार्ग मर्मत र पुनःसञ्चालनमा ढिलाइ हुँदा कान्ति लोकपथ भएर यात्रा गर्ने यात्रु र सवारीको संख्या बढेको छ।

२१ भदौ, काठमाडौं । धादिङको कृष्णभिर क्षेत्रमा पृथ्वी राजमार्ग अवरुद्ध भएपछि हेटौंडा हुँदै काठमाडौं प्रवेश गर्ने वैकल्पिक मार्गमा सवारी साधनको चाप उल्लेख्य रूपमा बढेको छ ।

गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण पृथ्वी राजमार्गका विभिन्न खण्डहरूमा क्षति पुगेको थियो ।

सडक सञ्जाल विच्छेद भएपछि यातायातका साधनहरूले वैकल्पिक मार्गका रूपमा कान्ति लोकपथ प्रयोग गरिरहेका छन् ।

मुख्य राजमार्ग अवरुद्ध हुँदा वैकल्पिक सडकमा सवारीको चाप थपिएपछि आवागमनमा समेत प्रभाव परेको छ ।

राजमार्गका विभिन्न स्थानमा सडक बगाएका कारण मर्मत र पुन:सञ्चालनमा ढिलाइ हुँदा कान्ति लोकपथ भएर यात्रा गर्ने यात्रु र सवारीको संख्या वृद्धि भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?