+
+
Shares

राप्रपाका महामन्त्री शरदराज पाठकले गरे पार्टी परित्याग

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २१ गते १७:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राप्रपाका महामन्त्री शरदराज पाठकले आइतबार विज्ञप्ति निकालेर पार्टी र सदस्यता दुवै परित्याग गरेको जानकारी गराएका छन् ।
  • उनले करिब चार वर्षअघि लिएको जिम्मेवारीअनुसार पार्टीको पुनर्संरचना र सुशासनको प्रतिबद्धतामा ठोस काम हुन नसकेको बताए ।
  • पाठकले राप्रपामा विचारधारा र व्यवहारबीच विरोधाभास, आन्तरिक बेमेल र गुटबन्दी झन् बढेको टिप्पणी गरेका छन् ।

२१ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महामन्त्री शरदराज पाठकले पार्टी परित्याग गरेका छन् । पाठकले आइतबार प्रेस विज्ञप्ति निकालेर पार्टी सदस्यसमेत नरहने अलग रहेको जानकारी गराएका हुन् ।

राप्रपालाई समयानुकूल पुनर्संरचना गरी सुशासनप्रति इमानदारीपूर्वक प्रतिबद्ध तथा सबै उमेर, वर्ग, समुदाय र भूगोलका जनताले भरोसा गर्न सक्ने दलका रूपमा रूपान्तरण गर्ने सहमतिबाट करिब चार वर्षअघि महामन्त्रीको जिम्मेवारी सम्हालेको उनले बताएका छन् ।

राप्रपासँगको एकताको आधार अनुसार यो अवधिमा ठोस कार्य हुन नसकेको हुँदा पार्टी छोडेको घोषणा गरेका छन् । पाठक राप्रपाका पूर्व नेता रवीन्द्र मिश्रसँगै राप्रपामा जोडिएका थिए ।

‘यो अवधिमा त्यस दिशामा ठोस परिणाममुखी काम नै हुन सकेन । पार्टीको विचारधारा र व्यवहारबीच चरम विरोधाभास कायमै रह्यो । ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खाए सरह हो,’ भन्ने जस्तो कठोर नारालाई मूलमन्त्र मानेको बताउने पार्टीभित्र त्यसअनुरूपको व्यावहारिक प्रतिबद्धता र पारदर्शितामा ठूलो अभाव छ,’ पाठकले दल परित्याग गर्दै लेखेका छन् ।

राप्रपामा केन्द्रमा दिक्कलाग्दो आन्तरिक बेमेल र गुटहरूको निजी स्वार्थपूर्ण तिक्त सङ्घर्ष झन् झाङ्गिँदो रहेको पाठकले टिप्पणी गरेका छन् ।

केन्द्रमा रहेको समस्याले नयाँ पुस्ताका इमानदार, सुशिक्षित र सचेत युवाहरूलाई छिटपुट अपवादबाहेक आकर्षित गर्नै नसक्ने स्थिति रहेको उनले बताए । ‘म लगायत नयाँ जोडिएका साथीहरूले सो अवस्थामा परिवर्तन ल्याउन सक्ने कुनै सम्भावना देखिँदैन । यसमा मेरा आफ्ना कमजोरीहरू पनि होलान्,’ पाठक भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?