२२ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न ठाउँमा मध्यमदेखि धेरै भारी वर्षा भएको छ ।
पश्चिम नेपालको कञ्चनपुर र डडेल्धुरामा धेरै भारी वर्षा मापन भएको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार कञ्चनपुरमा कञ्चनपुरको भम्का स्थित हनमाननगर स्टेशनमा सबैभन्दा धेरै १४१.४ मिलिमिटर वर्षा मापन भएको छ ।
यस्तै डडेल्धुराको डडेल्धुराको गाईबान्ने स्टेशनमा १२७.८ मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएकमो छ ।
उता तराईको सिरहामा पनि भारी वर्षा भएको छ, जहाँ ९० मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ ।
मौसम विज्ञानमा २४ घण्टाको अवधिमा ५० देखि १०० मिलिमिटरसम्म वर्षा हुनुलाई भारी वर्षा भएको मानिन्छ भने १०० देखि २०० मिलिमिटर वर्षा हुनुलाई धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा धेरै वर्षा हुनुलाई अति भारी वर्षा भएको मानिन्छ ।
धेरै वर्षा भएका स्थानमा रहेका नदी तथा खोलाका तटीय क्षेत्रमा बाढी आउन सक्ने भएकोले सतर्क रहन सरोकारवालाले सचेत गराएका छन् ।
आइतबार राति काठमाडौं उपत्यका लगायतका क्षेत्रमा पनि वर्षा भएको थियो । वर्षाका कारण राति यहाँका हनुमन्ते, बागमतीलगायतका खोलामा बाढी आएको थियो । हनुमन्तेको बाढीले राति खतराको तह पार गरेको थियो अहिले भने वहाब घटेको छ ।
प्रतिक्रिया 4