News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवा बाढीका क्रममा त्रिशूली ३ बी मा हराएका आफन्तको खोजी माग्दै उनीहरूले १३ दिनपछि माइतीघरमा धर्ना दिएका छन्।
- सुरुङमा फसेका आफन्तको खोजीमा सरकारले ध्यान नदिएको गुनासो गर्दै उनीहरूले घटनास्थल जान पनि रोकिएको बताएका छन्।
- ‘कति दिन घरमा बसेर कुर्ने ?’, ‘कति दिन घरमा बसेर रुने ?’ भन्दै उनीहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।
२२ भदौ, काठमाडौं । रसुवा बाढीका क्रममा त्रिशूली ३ बी मा हराएका आफन्तहरुको खोजीको माग गर्दै आफन्तहरु काठमाडौं आइपुगेका छन् ।
१३ दिनसम्म पनि सुरुङमा फसेका आफन्तहरुको खोजी नगरिदिएको गुनासो गर्दै उनीहरुले आज माइतीघरमा धर्ना दिएका छन् ।
दुई साता पुग्न लाग्दा पनि सरकारले सुरुङमा फसेका आफन्तहरुको खोजीमा ध्यान नदिएको उनीहरुको गुनासो छ ।
‘कति दिन घरमा बसेर कुर्ने ?’, ‘कति दिन घरमा बसेर रुने ?’ भन्दै उनीहरुले माइतीघरमै आएर सरकारको ध्यानाकर्षण गराएका हुन् ।
माइतीघर आएका आफन्तहरुले आफूहरुलाई घटनास्थल जान पनि रोकिएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4