+
+
Shares

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २२ गते १२:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय तोकिएका पर्साका फरार प्रतिवादी अखिलेश साह तेली पक्राउ परेका छन्।
  • इलाका प्रहरी कार्यालय भिस्वा बञ्जारीको टोलीले उनलाई आज दिउँसो करिब १ बजे उनकै घरबाट पक्राउ गरेको हो।
  • पक्राउ परेका साहलाई कानुनी प्रक्रिया पूरा गरी पर्सा जिल्ला अदालतमा बुझाउने तयारी भइरहेको छ।

२२ भदौ, पर्सा । प्रहरीले जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय तोकिएका फरार पर्साका एक प्रतिवादी अखिलेश साह तेलीलाइ पक्राउ गरेको छ ।

अदालतबाट कैद सजाय तोकिएपछि फरार रहेका साहलाई विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भिस्वा बञ्जारीबाट खटिएको प्रहरी टोलीले आज दिउँसो करिब १ बजे उनकै घरबाट पक्राउ गरेको हो ।

छिपहरमाई गाउँपालिका–४ तुलसी बर्वा निवासी ३५ वर्षीय राजवा भन्ने अखिलेश साह तेली रहेको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लले जानकारी दिए ।

सरकार वादी र साह तेली प्रतिवादी रहेको जबरजस्ती करणी मुद्दामा पर्सा जिल्ला अदालतले उनलाई १० वर्ष कैद सजाय सुनाएको थियो ।

पक्राउ परेका साहलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पर्सा जिल्ला अदालतमा बुझाउने तयारी भइरहेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?