+
+
Shares

क्लासिक टेकको पुरानै मूल्यमा नयाँ स्पिड, १२५ एमबीपीएस इन्टरनेट मासिक ५५३ रुपैयाँमा

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २२ गते १४:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • क्लासिक टेकले नयाँ जडान गर्ने ग्राहकका लागि मासिक ५५३ रुपैयाँमै १२५ एमबीपीएस इन्टरनेट दिने विशेष अफर सार्वजनिक गरेको छ।
  • कम्पनीले पुरानो १०० एमबीपीएस प्लानलाई अपग्रेड गर्दै पुरानै मूल्यमा थप २५ एमबीपीएस स्पिड उपलब्ध गराउने भएको छ।
  • नयाँ ग्राहकले वाइफाई सिक्स राउटरको सुविधा पनि पाउने कम्पनीले जनाएको छ।

२२ भदौ, काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले नयाँ ग्राहकका लागि विशेष अफर सार्वजनिक गरेको छ।

कम्पनीले यसअघि उपलब्ध गराउँदै आएको १०० एमबीपीएस इन्टरनेट प्लानलाई अपग्रेड गर्दै अब नयाँ जडान गर्ने ग्राहकहरूलाई १२५ एमबीपीएस इन्टरनेट उपलब्ध गराउने भएको हो।

नयाँ ग्राहकले मासिक ५५३ रुपैयाँमै १२५ एमबीपीएस इन्टरनेट प्रयोग गर्न सक्नेछन्। अर्थात्, ग्राहकले पुरानै मूल्यमा थप २५ एमबीपीएस स्पिड प्राप्त गर्नेछन्।

यसका साथै, ग्राहकहरूले वाइफाई सिक्स राउटरको सुविधा समेत प्राप्त गर्ने कम्पनीले जनाएको छ। क्लासिक टेकले सन् २०२१ देखि आफ्ना ग्राहकहरूलाई वाइफाई सिक्स प्रविधिसहितको राउटर उपलब्ध गराउँदै आएको छ।

उच्च गतिको इन्टरनेटसँगै आधुनिक वाइफाई प्रविधिको सुविधा प्रदान गर्ने उद्देश्यले यो अफर ल्याइएको कम्पनीको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?