+
+
Shares

१५औं महाधिवेशनलाई हल उपलब्ध गराउन सभागृहलाई कांग्रेसको पत्र

नेपाली कांग्रेसले १५औं महाधिवेशनका लागि हल उपलब्ध गराउन राष्ट्रिय सभा गृहलाई पत्र लेखेको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २३ गते १४:०७

२३ भदौ, काठमाडौं । नेपाली कांग्रेसले १५औं महाधिवेशनका लागि हल उपलब्ध गराउन राष्ट्रिय सभा गृहलाई पत्र लेखेको छ।

पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले राष्ट्रिय सभा गृहलाई पत्र लेखेर हल उपलब्ध गराउन भनेका हुन्।

‘नेपाली कांग्रेसले आफ्नो १५औं महाधिवेशन आगामी असोज १६-१९ गते काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको हुँदा उक्त महाधिवेशनको तयारी व्यवस्थापन तथा कार्यक्रम सञ्चालनार्थ असोज १५ गतेदेखि २० गतेसम्म ६ दिनका लागि कांग्रेस केन्द्रीय कार्यालयको नाममा राष्ट्रिय सभागृहको प्रदर्शननी हल, लवी, पार्किङ स्थल तथा बगैंचा उपलब्ध गराइ बुकिङ गरिदिनुहुन अनुरोध गरिन्छ,’ दुलालले लेखेको पत्रमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?