+
+
Shares

कान्ति राजमार्गको टार्कुर्चे खण्डमा पहिरोले सडक अवरुद्ध, मर्मत जारी

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २३ गते १६:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कान्ति राजमार्गअन्तर्गत टाकुर्चे खण्डमा पहिरोले सडक क्षतिग्रस्त भएपछि मर्मत र पहिरो पन्छाउने काम तीव्र पारिएको छ।
  • सडकको ट्रयाक खसेपछि बनाइएको अस्थायी र्‍याम्पमा पुनः पहिरो सरेपछि उक्त खण्ड साँघुरो बनेको छ।
  • सडक थप भासिने जोखिम बढेपछि प्राविधिक जनशक्ति र मेसिनरी प्रयोग गरी बाटो पुनर्निर्माण र विस्तार भइरहेको छ।

२३ भदौ, काठमाडौं । कान्ति राजमार्गअन्तर्गत टाकुर्चे खण्डमा पहिरोका कारण सडक क्षतिग्रस्त भएपछि मर्मत तथा पहिरो पन्छाउने कार्यलाई तीव्रता दिइएको छ ।

यसअघि सडकको ट्रयाक खसेपछि सवारी आवागमन सहज बनाउन निर्माण गरिएको अस्थायी संरचना (र्‍याम्प) मा पुन: पहिरो सरेपछि सडक निकै साँघुरो बनेको छ ।

सडक थप भासिने र खस्ने जोखिम बढेसँगै पहिरो पन्छाएर बाटो पुनर्निर्माण गर्ने कार्य भइरहेको छ ।

अवरुद्ध तथा असहज बनेको उक्त खण्डमा सडक विस्तार गरी यातायात सेवालाई पूर्ण रूपमा सुचारु गराउन हाल प्राविधिक जनशक्ति र मेसिनरी प्रयोग गरी काम भइरहेको छ ।

सडकलाई सुरक्षित र फराकिलो बनाएर जतिसक्दो चाँडो सवारी साधन सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?