+
+
Shares

राज्य कहालीलाग्दो सुरुङभित्र आफ्ना नागरिकको प्राण खोजिरहेको छ : रवि लामिछाने

बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने क्रममा उनले राज्य कहाँ छ ? भन्नेहरूलाई जवाफ दिएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २४ गते १४:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा सभापति रवि लामिछानेले प्रतिनिधिसभा बैठकमा राज्यले केही गरेन भन्नेहरूलाई जवाफ दिँदै राज्य विपद्पछिको उद्धारमा खटिएको बताए ।
  • उनले राज्य भग्नावशेष र सुरुङभित्र नागरिकको प्राण खोजिरहेको, विस्थापितको छाहरी बनिरहेको र सडक तथा पुल पुनःजोड्न प्रयास गरिरहेको बताए ।
  • लामिछानेले राज्यले भविष्यका विपद्का लागि पूर्वतयारी र सुरक्षित संरचनाको खाका कोरिरहेको पनि बताए ।

२४ भदौ, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले राज्यले केही गरेन भन्नेहरूका लागि जवाफ दिएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने क्रममा उनले राज्य कहाँ छ ? भन्नेहरूलाई जवाफ दिएका हुन् ।

‘राज्यले केही गरेन, राज्य कहाँ छ ? भन्ने गरेको मैले सुनेको छु । राज्यले गरेन भन्ने कुराको सबैभन्दा शक्तिशाली खण्डन भनेको राज्य कहाँ छ ? भनेर दृश्यसहित प्रष्ट्याउनु हो,’ उनले भने ।

साथै, उनले केही बुँदामा राज्य कहाँ छ ? भन्ने प्रष्ट पारे ।

उनले भनेका छन्–

राज्य यतिबेला त्यो कहालीलाग्दो भग्नावषेश र सुरुङभित्र आफ्ना नागरिकको प्राण खोजिरहेको छ । राज्य यतिबेला सर्वस्व गुमाएर खुला आकाशमुनी पुगेका आफ्ना दाजुभाइ तथा दिदीबहिनीको छाहरी बन्न दिनरात खटिएको छ । राज्य यतिबेला भेलले बगाएका सडक र चुँडिएका पुलमात्रै होइन विपद्ले टुटाएका नागरिकको भरोसालाई जोड्ने प्रयास गरिरहेको छ । राज्य यतिबेला भविष्यमा यस्तो विपद् कहिल्यै भोग्न नपरोस् भनेर बदिलयो पूर्वतयारी र सुरक्षित संरचनाको खाका कोरिरहेको छ । राज्य यतिबेला आफ्ना सीमा, स्रोतको अभाव र थकानलाई पन्छाएर नागरिकको जीवन रक्षाका लागि ढाल बनेर उभिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?