+
+
Shares

कहालीलाग्दो विपद् राजनीतिको रोटी सेक्ने समय होइन : रवि लामिछाने

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २४ गते १४:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा सभापति रवि लामिछानेले रसुवा बाढीपछिको विपद्मा सबै एक भएर अगाडि बढ्नुपर्ने बताएका छन् ।
  • उनले विपद्लाइ अवसर बनाएर आरोप प्रत्यारोप र राजनीतिको रोटी सेक्ने काम गर्न नहुने बताए ।
  • भदौ १० गतेको बाढीपछि रास्वपाले सर्वदलीय बैठक राखेर १० बुँदे संकल्प गरेको थियो ।

२४ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रसुवा बाढीपछिको विपद्मा सबै एक भएर अगाडि बढ्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘कहालीलाग्दो विपद् र विध्वंसपछि पनि हामीकहाँ एउटा रोग देखिन्छ । विपद्लाइ अवसर बनाएर एकआपसमा आरोप प्रतयारोपको खेल खेल्ने र कसलाइ कसरी तल खसाल्ने भनेर समाउने । राजनीतिको रोटी सेक्ने समय यो हुँदै होइन ।’

भदौ १० गते रसुवाको भोटेकोशीमा बाढी गएको थियो । त्यसपछि सबै मिलेर अगाडि जानुपर्ने अवस्था आएको उनले बताए ।

भदौ १० गते विनाशकारी बाढी गयो । भोलिपल्टै रास्वपा सभापति लामिछानेले सर्वदलीय बैठक राखे । रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति पार्टी, राप्रपा, जसपा र जनमत पार्टीका शीर्ष नेता उपस्थित उक्त बैठकले १० बुँदे संकल्प गरेको थियो ।

जसको बुँदा नम्बर १० मा दीर्घकालीन समाधानका लागि ‘उच्चस्तरीय सर्वदलीय संयन्त्र’ गठन गर्ने विषय छ ।

‘विपद्पछिको पुनर्निर्माण, जलवायु अनुकूलन, राष्ट्रिय विपद् नीतिमा समयानुकूल सुधार र सरकारका कामकारबाहीलाई निरन्तर सल्लाह, सहयोग र अनुगमन गर्न ‘संसदीय समिति’ गठन गर्न हामी सहमत भएका छौँ,’ जहाँ भनिएको छ, ‘यस संयन्त्रले संकटको समयमा मात्र नभई विपद् पूर्वतयारी र दिगो विकासका एजेन्डामा राष्ट्रिय सहमति निर्माण गर्दै नीतिगत सुधारमा महत्त्वपूर्ण भूमिका खेल्नेछ ।’

यो विषयमा उनी मौन रहे । तर विपक्षी दलहरूले विपद्मा सरकारसँग सँगै रहेको गरेको प्रतिबद्धताको प्रशंसा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?