+
+
Shares

खोज तथा उद्धार, राहत, व्यवस्थापन र पुनर्निर्माणलाई प्राथमिकता दिनुपर्छ : देउवा

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले रसुवा बाढीबाट प्रभावितका लागि सरकारले मुख्य चारवटा विषयलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २५ गते १३:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शेरबहादुर देउवाले रसुवा बाढी प्रभावितका लागि खोज तथा उद्धार, राहत, प्रभावित नागरिकको व्यवस्थापन र पुनर्निर्माणलाई प्राथमिकतामा राख्न सरकारलाई आग्रह गरेका छन् ।
  • देउवाले तत्काल खोज तथा उद्धारपछि राहत व्यवस्थापन र प्रभावितलाई कहाँ राख्ने भन्ने विषयमा सरकारले ध्यान दिनुपर्ने बताएका छन् ।
  • स्थलगत निरीक्षणका लागि देउवा डा. शशांक कोइराला, डा. प्रकाशशरण महत र एनपी साउदसहित नुवाकोटका बाढी प्रभावित क्षेत्रमा पुगेका छन् ।

२५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले रसुवा बाढीबाट प्रभावितका लागि सरकारले मुख्य चारवटा विषयलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताएका छन् ।

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि जाने क्रममा बिहीबार नुवाकोट पुगेका देउवाले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा सरकारले खोज तथा उद्धार, राहत, प्रभावित नागरिकको व्यवस्थापन र पुनर्निर्माणलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताएका हुन् ।

‘विपत्तिको अवस्था अत्यन्तै दुःखदायी छ । यहाँका साथीभाइ तथा प्रभावित नागरिकप्रति म गहिरो दुःख व्यक्त गर्न चाहन्छु,’ उनले भने, ‘अहिले सरकारले मुख्य रूपमा चारवटा विषयलाई प्राथमिकतामा राख्नुपर्छ । खोज तथा उद्धार, राहत, प्रभावित नागरिकको व्यवस्थापन र ‘रि–कन्सट्रक्न’ (पुनर्निर्माण) ।’

पूर्वप्रधानमन्त्री देउवाले बाढी प्रभावित नागरिकका लागि सरकारले के–के गरिरहेको छ र के काम हुन सकेको छैन भनेर आफूले आवाज उठाउउने पनि बताए ।

‘यी चार वटा कुरा नगरी नहुने काम हुन् । यसका लागि सरकारले के गरेको छ, के गरेको छैन, आवाज उठाउँछु,’ उनले भने, ‘बाहिर भन्छु, प्रेसमा सबै ठाउँ भन्ने छु ।’

अहिले तत्काल गर्नुपर्ने पहिलो काम खोज तथा उद्धार (रेस्क्यु) भएको उनको भनाइ थियो ।

‘त्यसपछि राहत व्यवस्थापन महत्वपूर्ण हुन्छ । राहतका लागि पर्याप्त ठाउँ छैन, मानिसहरूलाई बस्ने व्यवस्था पनि सहज छैन,’ देउवाले भने, ‘उद्धार गरिसकेपछि उनीहरूलाई कहाँ राख्ने, कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा सरकारले तत्काल ध्यान दिनुपर्छ । त्यसपछि पुनर्निर्माण गर्नुपर्ने हुन्छ ।’

देउवाले रसुवा बाढीले विपत्तिले निम्त्याएको दुःख अत्यन्तै गम्भीर भएको भन्दै सबै मिलेर प्रभावित नागरिकको उद्धार, राहत र पुनर्निर्माणमा जुट्नु पर्ने आवश्यकता औंल्याए ।
पूर्वसभापति देउवा ‘१५ औं महाधिवेशन तयारी समिति’ का संयोजक डा. शशांक कोइराला, डा. प्रकाशशरण महत, एनपी साउदलगायतका नेताहरूसहित स्थलगत निरीक्षणका लागि नुवाकोटका बाढी प्रभावित क्षेत्र गएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?