News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपाका सांसद अमरेशकुमार सिंहले बिहीबार प्रतिनिधिसभामा आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले संविधानको पालना नगरेको आरोप लगाए।
- उनले बाढीपहिरोबाट अर्थतन्त्रलाई खर्बौंको क्षति भएको उल्लेख गर्दै सरकार संविधानअनुसार नचलेको र हुकुमी शासनतर्फ गएको बताए।
- संसदीय व्यवस्थामा प्रधानमन्त्री शासकीय व्यवस्था रहे पनि सरकारको केन्द्र ज्वागल बनेको उनले आरोप लगाए।
२५ भदौ, काठमाडौं । रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले संविधानको पालना नगरेको आरोप लगाएका छन्। बिहीबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्।
‘हामी विषम् परिस्थितिमा छौं। बाढी पहिरोको मारमा छौं । खर्बौंको अर्थतन्त्र क्षति भएको अवस्थामा छ। अर्कोतर्फ सरकार संविधानअनुसार चलेको छैन,’ उनले भने, ‘हामीले चुनावमा जाँदा संविधान बदल्छौं भनेका पनि थिएनौं । संविधानको मर्ममाथि प्रहार भइरहेको छ। संसदीय व्यवस्थामा प्रधानमन्त्री शासकीय व्यवस्था छ। तर, यहाँ सल्लाहकार व्यवस्थामा परिवर्तन भएको छ। सरकारको केन्द्र ज्वागल बनेको छ। हुकुमी शासन बनिरहेको छ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4