News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपा सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार वेनको दिल्ली भ्रमण र गतिविधिप्रति गम्भीर आपत्ति जनाएका छन्।
- उनले वेन भारतीय जासुसी संस्थाको निमन्त्रणामा दिल्ली गएको र लिला प्यालेस होटलको दोस्रो फ्लोरमा बसेको आरोप लगाए।
- सिंहले "देवानन्दको गाइड फिल्म जस्तै यो सरकार चलिरहेको छ । एउटा सल्लाहकार नै यो सरकारको नास गर्न काफी छ।" भने।
२५ भदौ, काठमाडौं । रास्वपा सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्रीको प्रमुख सल्लाहकार कुमार बेनप्रति इंगित गर्दै उनका पछिल्ला गतिविधिप्रति गम्भीर आपत्ति जनाएका छन् ।
उनले दिल्लीमा भारतीय जासुसी संस्थाको निमन्त्रणामा भ्रमण गरेको देखि सरकारी कमर्चारीहरूको हुर्मत लिएको विषय समेत उठाएका छन् ।
‘एउटा जासुसी संस्थालाई भेट्न प्रधानमन्त्रीका सल्लाहकार जान्छन्। त्यहाँ दिल्लीको लिला प्यालेस होटलको दोस्रो फ्लोरमा बस्छन्’ उनले बेनको भ्रमणबारे भने,’देवानन्दको गाइड फिल्म जस्तै यो सरकार चलिरहेको छ । एउटा सल्लाहकार नै यो सरकारको नाश गर्न काफी छ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4