+
+
Shares

संघीय निजामती सेवा ऐन छिटो ल्याउन एमालेको माग

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २५ गते १५:२०

२५ भदौ, काठमाडौं । नेकपा एमालेले संघीय निजामती सेवा ऐन छिटो ल्याउन माग गरेको छ । बिहीबार पार्टीको तर्फबाट प्रतिनिधिसभामा विशेष समयमा बोल्दै एमाले सांसद गणेशसिंह ठगुन्नाले यस्तो माग राखेका हुन् ।

‘संघीय निजामती सेवा ऐन जारी नहुँदा प्रशासनिक क्षेत्रमा निकै ठूलो दुविधा र अप्ठयारे पसररहेको छ’ उनले भने । सरकारले यो विषयमा प्रक्रिया सुरु गरेको छ । तर यसलाई छिटो भन्दा छिटो टुंगोमा पु¥याउनुपर्ने जरुरी रहेको उनले बताएका हुन् ।

‘आज हजारौं स्थानीय र प्रदेश सेवामा कार्यरत कर्मचारीहरू अन्तर प्रदेश सरुवा सम्बन्धी कानुन नहुँदा मर्कामा परेका छन्’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?