+
+
Shares

अमेरिकामा एच-१बी भिसाहोल्डरलाई ६० दिनको छुट हटाउने प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २६ गते १३:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ट्रम्प प्रशासनले अमेरिकामा जागिर गुमेपछि नयाँ जागिर वा स्पन्सर खोज्न पाइने ६० दिनको छुट सुविधा हटाउने प्रस्ताव गरेको छ।
  • प्रस्तावित नियम अनुसार एच-१बी र अन्य अस्थायी वर्क भिसाहोल्डरहरूले जागिर सकिने बित्तिकै अमेरिका छाड्नुपर्नेछ।
  • यस कदमले विदेशी कर्मचारीमा निर्भर ठूला अमेरिकी टेक कम्पनीहरू प्रभावित हुन सक्ने अमेरिकाको होमल्यान्ड सेक्युरिटीले स्वीकार गरेको छ।

२६ भदौ, काठमाडौं । ट्रम्प प्रशासनले अमेरिकामा जागिर गुमेपछि नयाँ जागिर वा नयाँ स्पन्सर खोज्न पाइने ६० दिनको छुट सुविधा हटाउने प्रस्ताव गरेको छ। यस प्रस्तावमा एच-१बी भिसामा काम गर्ने दक्ष कर्मचारीहरू पनि समेटिएका छन्। बिहीबार अनलाइन सार्वजनिक गरिएको एक सरकारी सूचनामा यो जानकारी दिइएको छ।

अमेरिकी होमल्यान्ड सेक्युरिटीले फेडरल रजिस्टरमा प्रकाशित गरेको प्रस्तावित नियम अनुसार एच-१बी र अन्य अस्थायी वर्क भिसाहोल्डरहरूले जागिर सकिने बित्तिकै अमेरिका छाड्नुपर्नेछ। यस कदमले ठूलो संख्यामा विदेशी कर्मचारीहरूमा निर्भर रहेका ठूला अमेरिकी टेक कम्पनीहरूलाई असर पर्न सक्छ।

जनवरी २०२५ मा सत्तामा फर्किएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले कानुनी आप्रवासनलाई सीमित गर्न यो नयाँ प्रयास गरेका हुन्। उनको प्रशासनले दक्ष विदेशी कर्मचारीहरूका लागि भिसा शुल्क बढाउने निर्णय पनि गरेको छ।

यसबाहेक नयाँ ट्रेनिङ प्रोग्राम लागू गर्ने क्रममा विश्वभरका अमेरिकी नियोगहरूमा इमिग्रेन्ट भिसा अपोइन्टमेन्टमा अस्थायी रोक लगाइएको छ।

होमल्यान्ड सेक्युरिटीले आफ्नो प्रस्तावमा यस परिवर्तनबाट प्रभावित कम्पनीहरूको काममा केही असर पर्न सक्ने स्वीकार गरेको छ। तर ती पदहरूमा अमेरिकी कर्मचारीहरूलाई राख्न सकिने धारणा उसले व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?