+
+
Shares

ग्यासको सहज वितरण माग्दै नेकपा बहुमतको प्रदर्शन

खाना पकाउने ग्यासको आपूर्ति सहज गर्नुपर्ने माग राख्दै नेकपा (बहुमत)ले काठमाडौंमा प्रदर्शन गरेको छ ।  

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २७ गते १५:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा (बहुमत)ले खाना पकाउने ग्यास आपूर्ति सहज गर्न र महङ्गी नियन्त्रण गर्न माग गर्दै काठमाडौंको माइतिघरदेखि बबरमहलसम्म प्रदर्शन गरेको छ।
  • पार्टीले सरकारले ग्यास वितरण गर्न नसकेर असक्षमता देखाएको आरोप लगाएको छ।
  • प्रचार प्रसार प्रमुख गुणराज लुइटेलले डिलरहरूले कृत्रिम अभाव सिर्जना गरी राति महँगो मूल्यमा ग्यास बेच्ने गरेको आरोप लगाएका छन्।

२७ भदौ, काठमाडौं । खाना पकाउने ग्यासको आपूर्ति सहज गर्नुपर्ने माग राख्दै नेकपा (बहुमत)ले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

सरकारले खाना पकाउने ग्यास वितरण गर्न नसकेर आफ्नो असक्षमता प्रदर्शन गरेको उक्त पार्टीको आरोप छ। उक्त पार्टीका नेता कार्यकर्ताले माइतिघरदेखि बबरमहलसम्म प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा सहभागीहरू पछिल्लो समय महङ्गी समेत बढेकाले महङ्गी नियन्त्रण गर्न समेत माग गरेका छन् । उनीहरूले भोको पेटले के भन्छ ? – भरी ग्यास दे भन्छ, महङ्गीको मार ग्यासको हाहाकार कहाँ छ सरकार?, दुई तिहाइको सरकार जनतालाई ग्यास खोई, लगायत नारा लेखिएको प्लेकार्डसहित प्रदर्शन गरेका गरेका हुन्।

नेकपा बहुमतका प्रचार प्रसार प्रमुख गुणराज लुइटेलले डिलरहरूले दिउँसो कृत्रिम अभाव सिर्जना गरी रातिको समयमा महँगो मूल्यमा ग्यास बेच्ने गरेको आरोपसमेत लगाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?