+
+
Shares

रसुवा-नुवाकोटका लागि भारतले दियो तीन बेलिब्रिज

बाढीले रसुवा र नुवाकोटका पक्की पुल बगाएपछि तत्काल सडक सञ्जाल सुचारू गर्न शनिबार  सडक डिभिजन कार्यालय हेटौंडामा भारतीय दुतावासले बेलिब्रिज हस्तान्तरण गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २७ गते १९:१८

२७ भदौ, हेटौंडा । भारत सरकारले भोटेकोशी नदीको बाढीबाट क्षतिग्रस्त रसुवा र नुवाकोटका लागि तीन वटा बेलिब्रिज (प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज) नेपाललाई दिएको छ ।

बाढीले रसुवा र नुवाकोटका पक्की पुल बगाएपछि तत्काल सडक सञ्जाल सुचारू गर्न शनिबार  सडक डिभिजन कार्यालय हेटौंडामा भारतीय दुतावासले बेलिब्रिज हस्तान्तरण गरेको हो ।

भारतीय दूतावासका प्रतिनिधि नारायण सिंहले सडक डिभिजन कार्यालय हेटौंडाका प्रमुख किरण कार्कीलाई बेलिब्रिज हस्तान्तरण गरे । सिंहकाअनुसार भारत सरकारको सहयोगमा ७० मिटर बराबरका तीनवटा बेलिब्रिज उपलब्ध गराइएको हो ।

भारतले यसअघि मंसिर २०८२ मा पनि १० वटा बेलिब्रिज सहयोग गरेको थियो । भारतले २०८१ असोजमा आएको बाढीले काभ्रे, रामेछाप, सिन्धुली जिल्लामा बाढीपहिरोबाट अवरुद्ध भएको सडक सञ्जाललाई जोड्न सडक डिभिजन हेटौंडालाई ३८ करोड मुल्यका १० वटा बेलिब्रिज दिएको थियो ।

बेलिब्रिज हस्तान्तरणपछि मकवानपुर–१ का प्रतिनिधिसभा सदस्य प्रकाश गौतमले विपद्का समयमा छिमेकी मुलुक भारतले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे । उनले बाढीका कारण रसुवा र नुवाकोटमा ठूलो संख्यामा पुल क्षतिग्रस्त भएकाले थप बेलिब्रिज उपलब्ध गराउन भारत सरकारसँग आग्रह पनि गरे ।

गत १० भदौमा आएको बाढीका कारण रसुवा, नुवाकोटसहितका जिल्लामा ठूलो संख्यामा सडक तथा पुलमा क्षति पुगेको थियो । सडक विभागका अनुसार रसुवादेखि चितवनसम्मको सडकखण्डमा ४१ वटा मोटरेबल पुल पूर्णरूपमा क्षतिग्रस्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?