२८ भदौ, काभ्रेपलाञ्चोक । अरनिको राजमार्ग अन्तरगत काभ्रेपलाञ्चोकको बनेपामा रहेको उग्रचण्डी पेट्रोल पम्प अगाडि मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रु घाइते भएका छन् । ठक्कर दिने मोटरसाइकलका चालक पनि घाइते भएको प्रहरीले जनाएको छ ।
धुलिखेलबाट बनेपातर्फ आउँदै गरेको बा६५प ४८१३ नम्बरको मोटरसाइकलले सडक पार गर्दै गरेका नाम थर वतन नखुलेका ५०–५५ वर्षका पुरुषलाई ठक्कर दिँदा सख्त घाइते भएका छन् ।
मोटरसाइकल चालक महाभारत-६ घर भई हाल बनेपा-४ नालामा डेरा गरी बस्ने २७ वर्षीय रबिन घिसिङ पनि घाइते भएका छन् । दुवैको शीरमेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।
इलाका प्रहरी कार्यालय बनेपाका डिएसपी राकेश थापाका अनुसार पैदल यात्रुको टाउकोमा चोट लागेको र बोल्न नसक्ने अवस्थामा रहेका छन् ।
मोटरसाइकल चालक घिसिङको पनि टाउकोमा चोट लागेको छ तर उनी बोल्न सक्ने अवस्थामै रहेको डिएसपी थापाले बताए ।
प्रतिक्रिया 4