News Summary
Generated by OK AI. Editorially reviewed.- ९९औँ एकेडेमी अवार्ड्सको अन्तर्राष्ट्रिय फिचर चलचित्र विधाका लागि नेपालको तर्फबाट ‘तिनीहरू-एलिफेन्ट्स इन द फग’ छनोट भएको छ।
- अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल) ले दुवै आवेदन ‘तिनीहरू-एलिफेन्ट्स इन द फग’ र ‘गौँथली’को मूल्यांकनपछि यो चलचित्र सिफारिस गरेको जनाएको छ।
- समितिमा अध्यक्ष लक्ष्मीनाथ शर्मा र सदस्यहरू लोकेन्द्र पराजुली 'कपिल', गौतम धिमाल, जीवन कुमार पराजुली र बिकेश सुवेदी रहेका छन्।
२८ भदौ, काठमाडौं । द एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एन्ड साइन्सेस (द अस्कर) द्वारा सन् २०२७ मा प्रदान गरिने ९९औँ एकेडेमी अवार्ड्स प्रतिस्पर्धाको ‘अन्तर्राष्ट्रिय फिचर चलचित्र’ विधाका लागि नेपालको तर्फबाट चलचित्र ‘तिनीहरू-एलिफेन्ट्स इन द फग’ छनोट भएको छ ।
अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल) का अध्यक्ष लक्ष्मीनाथ शर्माद्वारा आइतबार जारी प्रेस विज्ञप्तिअनुसार, उक्त अवार्ड प्रतिस्पर्धाका लागि नेपालबाट दुई वटा कथानक चलचित्रहरू ‘तिनीहरू-एलिफेन्ट्स इन द फग’ र ‘गौँथली’ आवेदनका रूपमा प्राप्त भएका थिए ।
प्राप्त दुवै चलचित्रहरूको प्राविधिक पक्ष, कथाको प्रस्तुति, पात्रहरूको भावनात्मक विश्लेषण र कलात्मक शिल्पलाई ध्यानमा राखी गहन अध्ययन तथा एकेडेमीको मापदण्ड अनुरूप मूल्यांकन गर्दा ‘तिनीहरू- एलिफेन्ट्स इन द फग’लाई आधिकारिक प्रतिस्पर्धीका रूपमा अस्करमा सिफारिस गरिएको समितिले जनाएको छ।
छनोट समिति (नेपाल) मा शर्माका साथै सदस्यहरू लोकेन्द्र पराजुली ‘कपिल’, गौतम धिमाल, जीवन पराजुली र विकास सुवेदी सुवेदी छन्।
हेर्नुहोस् विज्ञप्ति :

प्रतिक्रिया 4