News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल २८ भदौदेखि ३ असोजसम्मको चीन भ्रमणका लागि प्रस्थान गरेका छन् ।
- सिग्देलले बेइजिङमा हुने १३औं बेइजिङ स्याङसन फोरममा सहभागिता जनाउनेछन् ।
- उनी चीनमा रहँदा बलाधिकृत रथी प्रदीप जंग केसीले कामु प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्नेछन् ।
२८ भदौ, काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल चीन प्रस्थान गरेका छन् ।
२८ भदौदेखि ३ असोजसम्म उनी चीन भ्रमणमा रहने सैनिक मुख्यालय जंगी अड्डाले बताएको छ ।
भ्रमणका क्रममा प्रधानसेनापति सिग्देलले बेइजिङमा आयोजना हुने १३औं बेइजिङ स्याङसन फोरममा सहभागी हुने बताइएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीप जंग केसीले उनलाई बिदाई गरेका थिए ।

भ्रमणले दुई देशको सैनिक सम्बन्ध बिस्तार हुने र सैनिक कुटनीतिकमार्फत नेपालको परराष्ट्र नीतिलाई समृेत योगदान पुग्ने बताइएको छ ।
उनी भ्रमणमा रहेको बेला बलाधिकृत रथीले केसीले कामु प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4