+
+
Shares

विपन्नलाई काठमाडौं महानगरले २ लाखसम्मको जलन उपचार निःशुल्क गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २८ गते १३:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं महानगरपालिकाले कीर्तिपुर अस्पतालसँग सम्झौता गरी लक्षित वर्गका लागि २ लाख रुपैयाँसम्मको जलन उपचार निःशुल्क गर्ने भएको छ।
  • विपन्न, हिंसा पीडित र बेवारिसे बिरामीलाई महानगर स्वास्थ्य शिक्षा समितिको सिफारिसमा सेवा दिइनेछ।
  • महानगरले उपचार सेवा सञ्चालनका लागि अस्पताललाई २ करोड रुपैयाँ सहयोग गरेको छ, जसको १ करोड जलन उपचार कोषमा रहनेछ।

२८ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले लक्षित वर्गका लागि २ लाख रुपैयाँसम्मको जलन उपचार निःशुल्क गर्ने भएको छ ।

विपन्न, हिंसा पीडित तथा बेवारिसे बिरामीलाई महानगरपालिकाको स्वास्थ्य शिक्षा समितिको सिफारिसमा सेवा प्रदान गरिने भएको छ । निःशुल्क जलन उपचार सेवा प्रदान गर्न काठमाडौं महानगरपालिका र कीर्तिपुर अस्पताल (जनस्वास्थ्य सरोकार ट्रष्ट)बीच एक सम्झौता भएको छ ।

साथै उपचारका लागि प्रयोग हुने औजार, उपकरण तथा निःशुल्क उपचार सेवा सञ्चालन गर्न महानगरपालिकाले अस्पताललाई २ करोड रुपैयाँ बराबर सहयोग प्रदान गरेको छ।

जसमध्ये ‘जलन उपचार कोष’मा १ करोड रुपैयाँ रहनेछ । उपचारका लागि लक्षित वर्गलाई यही कोषबाट प्रति बिरामी २ लाख रुपैयाँसम्म खर्च ब्यहोरिनेछ । सोही कोषमा जम्मा गरिएको रकम, यस आर्थिक वर्षमा खर्च हुन नसके आगामी वर्षहरूमा समेत जलन उपचारकै लागि प्रयोग हुनेछ ।

कार्यक्रममा महानगरपालिका कार्यबाहक प्रमुख सुनिता डंगोलले कसैलाई पैसाको अभावमा जलनको उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले यो सम्झौता गरिएको बताइन् । ‘बल्ल बल्ल अस्पताल पुर्‍याएपछि बिरामी छोडेर पैसाको खोज्न जानु नपरोस्, यससका लागि कोषको व्यवस्था गरेका हौँ’ उनले भनिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?