+
+
Shares

देउवा नेतृत्वको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २८ गते २०:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले पूर्व सभापति शेरबहादुर देउवाको समितिमा रहेकालाई केन्द्रीय समितिमा आउने बाटो खुलाएको छ।
  • आइतबार कार्यसम्पादन समितिले अघिल्लो समितिका सबैलाई विशेष महाधिवेशनपछिको नयाँ केन्द्रीय समितिमा राख्ने निर्णय गरेको छ।
  • कांग्रेसले १६ देखि १९ असोजसम्म १५ औं महाधिवेशन र ३ तथा ४ असोजमा वडा तहको अधिवेशन तोकेको छ।

२८ भदौ, काठमाडौं । नेपाली कांग्रेसले पूर्व सभापति शेरबहादुर देउवाको समितिमा रहेकालाई केन्द्रीय समितिमा आउने बाटो खुलाएको छ ।

आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले अघिल्लो समितिमा रहेका तर विशेष महाधिवेशन पछिको नयाँ समितिमा नरहेका सबैलाई केन्द्रीय समितिमा राख्नेगरी निर्णय गरेको हो ।

‘सबैलाई केन्द्रीय समितिमा बस्नेगरी आह्वान हुन्छ । केन्द्रीय समितिमा आएर महाधिवेशनको आयोजक समितिकै रुपमा रहनुहुन्छ,’ बैठकपछि एक पदाधिकारीले अनलाइनखबरसँग भने, ‘महाधिवेशनमा सहभागी हुन अपिल गर्दछौं । केन्द्रीय समितिमा बस्न चाहनेहरू आउनुहुन्छ । नचाहनेहरू आउनुहुन्न होला ।’

कांग्रेसले १६ देखि १९ असोजसम्म १५ औं महाधिवेशनको मिति तोकेको छ । असोज ३ र ४ गते वडा तहको अधिवेशनको मिति तोकिएको छ ।

कांग्रेस संस्थापनले गत पुससम्म नवीकरण गरेका सबै क्रियाशीलाई मान्यता दिने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?