News Summary
Generated by OK AI. Editorially reviewed.- कैलालीको गौरीगंगा नगरपालिका-२ झिलमा ट्रकको ठक्करबाट ५ वर्षीय लेखराज देउवाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
- पूर्वपश्चिम राजमार्गमा मंगलबार बिहान साढे ८ बजेतिर से १ क १३५२ नम्बरको ट्रकले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।
- इलाका प्रहरी कार्यालय मालाखेतीले ट्रक र चालक लम्कीचुहा नगरपालिका-२ का सुनिल चौधरीलाई नियन्त्रणमा लिएको छ ।
३० भदौ, धनगढी । कैलालीमा ट्रककाे ठक्करबाट एक बालककाे मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत गाैरीगंगा नगरपालिका-२ काे झिलमा मंगलबार बिहान साढे ८ बजेतिर से १ क १३५२ नम्बरको ट्रकले ठक्कर दिँदा साेही ठाउँका ५ वर्षीय लेखराज देउवाकाे मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्रककाे ठक्करबाट गम्भीर घाइते भएका उनकाे धनगढीस्थित माया मेट्राे अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हाे ।
ट्रक र चालक लम्कीचुहा नगरपालिका-२ बस्ने सुनिल चाैधरीलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएकाे छ ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4