News Summary
Generated by OK AI. Editorially reviewed.- वरिष्ठ गायिका मीरा राणाको एकल सांगीतिक साँझ ४ असोजमा कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने भएको छ ।
- कार्यक्रमबाट संकलित रकम क्यान्सर पीडितको सहयोगार्थ खर्च गरिने र राणा स्वयम क्यान्सर विजेता भएकी छन् ।
- साँझमा राणाले नारायणगोपल, शम्भुजीत बासकोटा र कुमार बस्नेतसँग गाएका कालजयी गीतसहित दुई दर्जनभन्दा बढी गीत प्रस्तुत गर्नेछिन् ।
काठमाडौं । वरिष्ठ गायिका मीरा राणा एकल साँझमा गुञ्जिने भएकी छन् । ४ असोजमा आयोजना हुने एकल सांगीतिक साँझमा उनले कालजयी गीत प्रस्तुत गर्ने जनाइएको छ ।
कार्यक्रबाट संकलन हुने रकम क्यान्सर पीडितको सहयोगार्थ खर्च गरिने भएको छ । राणा स्वयम क्यान्सर विजेता हुन् । क्यान्सरबाट पतिलाई समेत गुमाउनुपर्दाको पीडापछि राणाले मीरा राणा क्यान्सर समाज पनि स्थापना गरेकी थिइन् ।
७५ वर्षिया गायिकाले कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने कार्यक्रममा प्रस्तुति दिन लागेकी हुन् । सो अवसरमा उनले गाएका र संगीत परेका २ दर्जन गीतमा उनको उनीसँगै शम्भुजीत बासकोटा, रामभक्त जोजिजु, कपिल लोहनी, कृष्णगोपाल श्रेष्ठ, योगेन्द्र उपाध्याय, छिरिङ भुटिया, क्यान्सर विजेता गायिकाद्वय तारा थापा र संगीता थापा लगायतले पनि प्रस्तुति दिनेछन् ।
साथै, निशा देशार, रुपी सिंह, माण्डवी त्रिपाठी, सविना कार्की, इतु जोजिजु, शितल थापा, युनिशा देशारजस्ता गायक गायिकाले राणाका गीत गाउनेछन् ।
कार्यक्रममा राणाले स्वरसम्राट नारायणगोपलसँग गाएको ‘तिमी देउ या नदेऊ’, मेरो जोवन लैजाऊ, आँखैमा कसैको तस्वीर बसेछ, बैनीको दया छ भनेजस्ता गीत प्रस्तुत गर्नेछिन् ।
त्यसैगरी, बासकोटासँग उनले गाएको नाच्देऊ मैच्याङ र सिन्धुपाल्चोक जिल्लामा, कुमार बस्नेतसँगको मादल घनघन घन्काउँ कि, लेक फुल्यो लालिगुराँसजस्ता गीत पनि प्रस्तुत गरिनेछ ।
राणाको एकल गीत मखमली चोलो चाहिँदैन, मात चढेको साँझ, नशालु रात, मेरो पाउमा आज, साम्द सदा शिव, विर्सिएर मैले फेरि, आजसम्म जसरी बाँचेर आएँ, मेरो फुललाई वसन्त भयोजस्ता गीत पनि प्रस्तुत गरिनेछ ।
प्रतिक्रिया 4