+
+
Shares

बैतडीको पुर्चौडीमा पहिरोले एक घरमा पूर्ण क्षति, १० घर जोखिममा

प्रहरीले जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३० गते १३:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बैतडीको पुर्चौडी नगरपालिका–८ लामुनी गाउँमा पहिरोले गणेशदत्त जोशीको घर पूर्णरूपमा पुरेको छ ।
  • पहिरो खस्नुअघि परिवारले घर छाडेकाले मानवीय क्षति भएन, र जोशी परिवार आफन्तको घरमा आश्रय लिएर बसेको छ ।
  • प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले गोठमा पुरिएका १० वटा बाख्रा जीवितै उद्धार गरेका छन्, र गाउँ उच्च जोखिममा परेको छ ।

३० भदौ, बैतडी । बैतडीको पुर्चौडी नगरपालिका–८ लामुनी गाउँमा पहिरोले एक घर पूर्णरूपमा क्षति पुगेको छ । सोमबार राति करिब ९ बजे घरमाथिबाट खसेको पहिरोले गैरगाउँका गणेशदत्त जोशीको घर पुरेको हो।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक भुवनप्रसाद तिमिल्सेनाका अनुसार पहिरो खस्न थालेपछि परिवारले समयमै घर छाडेकाले मानवीय क्षति हुन पाएन। घर पूर्णरूपमा क्षतिग्रस्त भएपछि जोशीको परिवार आफन्तको घरमा आश्रय लिएर बसेको छ।

पहिरोले गोठमा पुरिएका १० वटा बाख्रालाई प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा जीवितै उद्धार गरिएको छ।

पहिरोका कारण गाउँ नै उच्च जोखिममा परेको प्रहरीले जनाएको छ।

स्थानीय रघुनाथ जोशी, बलदेव जोशी, दत्तराम जोशी, परमानन्द जोशी, चन्द्रदेव जोशी, हिराप्रसाद जोशी, पदमराज जोशी, काशी भण्डारी, दत्तराज जोशी र अम्बादत्त जोशीका घर पहिरोको उच्च जोखिममा रहेका छन् ।

प्रहरीले जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?