News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधिसभामा सांसद पार्वती बिकले कोठा खोजिदिने एक निजी कम्पनीले विभेद गरेको भन्दै अडियो सुनाएकी छन् ।
- उनले जातका आधारमा छुवाछुत र विभेद नयाँ ढंगले भइरहेको भन्दै सरकारले विभेद गर्नेलाई छिटो कारबाही गर्नुपर्ने बताइन् ।
- सभामुख डोलप्रसाद अर्यालले अडियो र भिडियो नसुनाएर आफ्नो कुरा राख्न आग्रह गरेका थिए ।
३० भदौ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीकी सांसद पार्वती बिकले कोठा खोजिदिने कार्यालयले विभेद गरेको भन्दै संसद्मै संवादको सुनाएकी छन् ।
प्रतिनिधिसभामा आकस्मिक समयमा बोल्दै उनले सुरुमा १५० दिनदेखि दीपा नेपालीले माइतीघर मण्डलामा ‘सरकार कोठा खै !’ भनेर अनशन गरेको स्मरण गरिन् ।
जातका आधारमा गरिने छुवाछुत र विभेदविरुद्ध दलत समुदायका केही अगुवाहरू पीडा बचाउन नसकेर लडिरहेको अवस्थामै विधेदकमा स्वरुप नयाँ–नयाँ ढंगले विकसित भइरहेको बताइन् ।
‘भर्खरैमात्र…एउटा प्राइभेट कम्पनीले जो कोठा खोजिदिने अफिस हो । त्यसले गरेको विभेद सुनाउन चाहन्छु,’ भनेर उनले संवादको अडियो बोलिरहेको माइकमा सुनाएकी हुन् ।
अडियोमा के भनिएको प्रष्ट सुनिँदैन् । तर उनले त्यहाँ रहेको संवादको व्यख्या गर्दै यस्ता विषयले झन पीडा थप्ने बताइन् ।
सभामुख डोलप्रसाद अर्यालले अडियो र भिडियो नसुनाएर आफ्नो कुरा राख्न आग्रह गरे ।
त्यसपछि सांसद विकले विभेद गर्नेलाई सरकारले छिटो भन्दा छिटो कारबाही हुनुपर्ने बताइन् ।
प्रतिक्रिया 4