+

साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक, नेपालको सहभागिता अन्योलमै

२०८३ भदौ  ३० गते १६:५८ २०८३ भदौ ३० गते १६:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • साफले ढाकामा हुने च्याम्पियनसिपको खेल तालिका सार्वजनिक गर्दै पहिलो खेल ५ नोभेम्बरमा पाकिस्तान र भारतबिच हुने जनाएको छ ।
  • समूह ‘ए’ मा भारत, पाकिस्तान र माल्दिभ्स तथा समूह ‘बी’ मा भुटान, बंगलादेश र श्रीलंका छन् ।
  • फिफाबाट निलम्बनमा रहेका कारण नेपालको साफ च्याम्पियनसिप सहभागिता सेप्टेम्बर अन्त्यसम्म निलम्बन फुकुवा भए मात्र तय हुनेछ ।

३० भदौ, काठमाडौं । बंगलादेशको ढाकामा हुने साफ च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक भएको छ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले सार्वजनिक गरेको खेल तालिकाअनुसार पहिलो खेल आगामी नोभेम्बर ५ मा पाकिस्तान र भारतबिच हुनेछ । सोही दिनको दोस्रो खेल भुटान र बंगलादेशसँग हुने तालिका छ ।

नोभेम्बर ८ मा माल्दिभ्स र पाकिस्तान तथा श्रीलंका र भुटान खेल्नेछन् । नोभेम्बर ११ मा भारत र माल्दिभ्स तथा बंगलादेश र श्रीलंकाबिच खेल हुने तालिका छ ।

समूह ‘ए’ मा भारत, पाकिस्तान र माल्दिभ्स तथा समूह ‘बी’ मा भुटान, बंगलादेश र श्रीलंका छन् । दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल खेल नोभेम्बर १७ मा हुनेछ ।

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)बाट निलम्बनमा रहेका कारण नेपालको सहभागिता अझै अन्यौल छ ।

सेप्टेम्बर अन्त्यसम्म निलम्बन फुकुवा भएमा नेपालले साफ च्याम्पियनसिप खेल्न पाउनेछ । निलम्बन कायमै रहेमा भने नेपालले साफ च्याम्पियनसिप गुमाउनेछ ।

नेपाली फुटबल साफ च्याम्पियनसिप फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय