News Summary
Generated by OK AI. Editorially reviewed.- सर्वोच्च अदालतको निर्माणाधीन भवनमा मुद्दा फाँगको मल्टिप्लकमा विद्युत् सर्ट भएर आगलागी भएको छ ।
- आगलागीमा एउटा टेवल र तीन थान कम्प्युटर जलेका छन् भने मिसिलहरू नजलेको प्रवक्ता अर्जुन कोइरालाले बताए ।
- प्रहरी र दमकलको टोलीले आगो नियन्त्रणमा लिएको थियो, र सर्वोच्चमा १७ भदौमा पनि आगलागी भएको थियो ।
३१ भदौ, काठमाडौं । सर्वोच्च अदालतमा फेरि आगलागी भएको छ । अदालतको निर्माणधीन भवनमा आगलागी भएको हो ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार, मल्टिप्लकमा विद्युत् सर्ट भएर आगलागी भएको हो । ‘मुद्दा फाँगको मल्टिप्लकमा विद्युत् सर्ट भएर आगलागी भएको छ । बन्द कोठाभित्र आगो लागेको हो । ठूलो क्षति भएको होइन’ प्रवक्ता कोइरालाले भने ।
उनका अनुसार आगलागीबाट एउटा टेवल, तीन थान कम्प्युटर जलेका छन् । मिसिलहरू भने नजलेको उनले बताए ।
आगलागीको खबर पाउनासाथ प्रहरी तथा दमकलको टोली पुगेर आगो नियन्त्रणमा लिएको थियो । सर्वोच्च अदालतमा यसअघि १७ भदौमा पनि आगलागी भएको थियो । त्यतिबेला अभिलेख शाखामा आगलागी भएको थियो ।
१७ भदौको घटनामा छानबिन चलिरहेका बेला अहिले फेरि अर्को आगलागी भएको छ । यसअघि जेनजी आन्दोलनमा समेत सर्वोच्चमा आगजनी हुँदा ठूलो क्षति भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4