+
+
Shares

‘झिँगे दाउ २’ को दशैं गीतमा केकी, आँचल, महेश, कुशलको छमछमी

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३१ गते १३:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दशैँलाई लक्षित गर्दै ‘झिँगे दाउ २’ को गीत ‘हे माया नजिकै सर’ ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको छ ।
  • अर्जुन पोखरेलको शब्द-संगीत रहेको गीतमा रामचन्द्र काफ्ले र शान्तिश्री परियारले स्वर दिएका छन् ।
  • ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको फिल्म २ असोजदेखि देशभर प्रदर्शनमा आउनेछ ।

काठमाडौं । नेपाली कथानक फिल्म ‘झिँगे दाउ २’ को नयाँ गीत ‘हे माया नजिकै सर’ सार्वजनिक भएको छ । दशैँलाई लक्षित गर्दै ओएसआर डिजिटलमार्फत गीत सार्वजनिक गरिएको हो ।

यो फिल्म २ असोजदेखि देशभर प्रदर्शनमा आउँदैछ । अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा रामचन्द्र काफ्ले र शान्तिश्री परियारले स्वर दिएका छन् । गीतको भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी छ ।

फिल्ममा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी र कुशल विष्टका साथै आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, वसुन्धरा भुसाल, चैत्यदेवी सिंहलगायतका कलाकारको अभिनय छ ।

ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको फिल्म कपनगढी सिनेमा प्रालि र फिल्म क्रिउ नेपाल प्रालिको ब्यानरमा निर्माण भएको हो । फिल्ममा सुलभ प्रतिक देउजा र समीक्षा देउजाको लगानी रहेको छ भने रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा सह-निर्माता हुन् ।

गोविन्द फुयाँल र शिशिर चालिसेको लेखन रहेको फिल्मको पटकथा तथा संवाद परिच्छेद सेनले तयार पारेका हुन् । विष्णु घिमिरे ‘कल्पित’को छायांकन, मित्र डी गुरुङको सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन र ईश्वर घिमिरेको प्रोडक्सन व्यवस्थापन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?