News Summary
Generated by OK AI. Editorially reviewed.- डा. शेखर कोइरालाले कांग्रेसभित्रको विवाद टुंग्याउन संस्थापन र इतर पक्षलाई दुवै महाधिवेशन रोक्न आग्रह गरेका छन्।
- उनले आसन्न दुई महाधिवेशनबाट देशको राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनमा आघात पर्ने भन्दै मध्यमार्गी समझदारी खोज्न भनेका छन्।
- कोइरालाले आफू आरोपित भइरहेको तर कांग्रेस र देशको लोकतन्त्र सफल भएको हेर्ने सिपाही भएको विज्ञप्तिमा उल्लेख गरेका छन्।
१ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विवाद उत्पन्न गर्नका लागि संस्थापन र इतर पक्षले गर्न लागेको दुवै महाधिवेशन रोकेर समझदारीको बाटो रोज्नुपर्ने बताएका छन् ।
पार्टीको आन्तरिक समस्या र आसन्न दुई महाधिवेशनको सन्दर्भमा बिहीबार एक विज्ञप्ति जारी गर्दै उनले दुवै महाधिवेशनबाट देशको राष्ट्रियता र लोकतन्त्रको आन्दोलनलाई आघात पर्ने बताएका छन् ।
‘मेरो पीडा कांग्रेसको आसन्न घोषित दुुई महाधिवेशनबाट यो देशको राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनमा पर्ने आघात हो,’ कोइरालाले भनेका छन्, ‘यो रोकांै, एउटा मध्यमार्गी र विवेकपूर्ण समझदारीको बाटो खोजौं ।’
आफूले विगतमा पनि यस्तै प्रयत्न गरेको र अहिले पनि त्यही काममा लाग्ने जिकिर गरेका छन् ।
उनले यो मध्यमार्गी बाटो कठिन भएको तर सत्य पनि यही भएको जिकिर गरेका छन् ।
‘मलाई थाहा छ मध्यमार्ग कठिन मार्ग हो, मलाई यो पनि थाहा छ, यही मार्ग सत्यको बाटो हो,’ कोइरालाले भनेका छन्, ‘यही मार्ग कांग्रेसको मार्ग हो, र यही मार्ग कांग्रेसको जीवन दर्शन हो ।’
आफू आरोपित भइरहेको तर कांग्रेस र देशको लोकतन्त्र सफल भएको हेर्ने सिपाही आफू रहेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।
प्रतिक्रिया 4