News Summary
Generated by OK AI. Editorially reviewed.- पाल्पा कारागारका २३७ कैदीबन्दीले भोटेकोशी बाढीपीडितका लागि रु ८३ हजार सहयोग गरेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन्।
- कारागार प्रशासक भगवानभक्त अर्यालले कैदीबन्दीले कारागारभित्रको उद्यमशिलताबाट आर्जित रकमबाट सहयोग गरेको बताए।
- तनहुँका नेपाल मगर सङ्घ भिमाद र ढोर फिरफिरे तमु समाजले पनि बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि आर्थिक सहयोग गरेका छन्।
२ असोज, पाल्पा । पाल्पा कारागारमा रहेका कैदीबन्दीहरूले भोटेकोशी बाढीपीडितका लागि रु ८३ हजार सहयोग उपलब्ध गराएका छन् ।
कारागारमा रहेका कैदीबन्दीले आफ्नो क्षमताअनुसार रकम सङ्कलन गरी बाढीपीडितको राहत तथा उद्धारका लागि सहयोग गरेका हुन् ।
हाल पाल्पा कारागारमा २२४ पुरुष र १३ महिला गरी २३७ कैदीबन्दी छन् । सङ्कलित रकम राष्ट्रिय वाणिज्य बैंकमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गरिएको कारागारका प्रशासक भगवानभक्त अर्यालले जानकारी दिए ।
कैदीबन्दीले कारागारभित्र उद्यमशिलताका काम गर्दै आएको र त्यहीबाट आर्जन गरेको केही रकमबाट बाढीपीडितलाई सहयोग गरेका उनले बताए ।
‘हामी जहाँ भए पनि समाजकै सदस्य हौँ’ भन्ने भावनाका साथ कैदीबन्दीले रकम सङ्कलन गरेका अर्यालले बताए ।
‘उनीहरूको सहयोगको आकार ठूलो नहुन सक्छ, तर विपद्का बेला पीडितप्रति देखाएको मानवीय समवेदना भने अर्थपूर्ण छ’, उनले भने ।
कारागारभित्र कैदीबन्दीले मुढा बनाउने, सिलाइँबुनाइ, डोको नाम्लो बनाउने, बात्ती बनाउनेलगायत सीपमूलक काम गर्दै आएका छन् ।
त्यस्तै, तनहुँका नेपाल मगर सङ्घ भिमाद र ढोर फिरफिरे तमु समाजले बाढीपीडितको राहत तथा पुन:स्थापनाका लागि आर्थिक सहयोग गरेका हुन् । रासस
प्रतिक्रिया 4