+
+
Shares

‘कन्दरा’ ब्यान्ड बन्दैछ फ्लाइ दुबईको पोखरा उडानको पहिलो यात्रु

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २ गते १३:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फ्लाइ दुबईले ७ असोज बुधबारदेखि दुबई–पोखरा नियमित उडान सुरू गर्दै साँझ ६ बजेर १५ मिनेटमा पहिलो जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।
  • दुबईको यो पहिलो उडानमा पोखरामा जन्मिएको नेपाली सांगीतिक समूह कन्दरा पहिलो यात्रुका रूपमा पोखरा उत्रिँदैछ ।
  • अमेरिका र क्यानडा टूर सकेर नेपाल फर्किँदै गरेको कन्दरा ब्याण्डले दुबई ट्रान्जिटमा १६ घण्टा बिताएर पोखरा जाने टिकट लिइसकेको छ ।

काठमाडौं । फ्लाइ दुबईले आगामी बुधबारदेखि दुबई-पोखराको नियमित उडान सुरु गर्दैछ । ७ असोजको उक्त दिन साँझ ६ बजेर १५ मिनेटमा एयरलाइन्सको पहिलो जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछ ।

नेपालको पर्यटकीय राजधानीलाई प्रमुख श्रम गन्तव्य थलोसँग जोड्न यो उडान महत्वपूर्ण हुने अपेक्षा गरिएको छ । रोचक के छ भने, दुबईबाट हुन लागेको उक्त उडानमा लोकप्रिय नेपाली सांगीतिक समूह ‘कन्दरा’ पहिलो यात्रु भनेर पोखरा उत्रिँदैछ ।

अमेरिका र क्यानडा टूर सम्पन्न भएपछि ब्याण्ड नेपाल फर्किन लागेको हो । अमेरिकाबाट एमिरेट्सको फ्लाइटबाट दुबई आउने ब्यान्डका सदस्यहरू फ्लाइ दुबईको कनेक्टिङ फ्लाइबाट पोखरा उत्रन लागेका हुन् ।

संयोगवश, दुबईबाट सिधै पोखरा उडान हुने जानकारीपछि ब्यान्डले दुबईको ट्रान्जिटमा १६ घण्टा समय बिताउँदैछ । ‘दुबईबाट पोखराको ऐतिहासिक उडान हुने भएपछि हामीले १६ घण्टा दुबईको ट्रान्जिटमा बिताउनेछौं । टिकट पनि लिइसकेका छौं’ ब्याण्डका लिड भोकलिस्ट विवेक श्रेष्ठले भने ।

रोचक के छ भने, कन्दरा ब्याण्ड पोखरामै जन्मिएको सांगीतिक समूह हो । पछिल्लो समय संगीतलाई पर्यटन प्रवर्धनसँग जोडेर ब्याण्डले देश तथा विदेशमा ‘पहिला घरदेश अनि परदेश’ अभियान पनि चलाइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?