+
+
Shares

नेकपाको सूचना तथा सञ्चार प्रविधि विभागको प्रमुखमा दुलाल र उपप्रमुखमा बस्नेत

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ३ गते ९:०९
वायाँबाट– युवराज दुलाल र सुरेन्द्र बस्नेत

३ असोज, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को सूचना तथा सञ्चार प्रविधि विभाग प्रमुखको जिम्मेवारी युवराज दुलाल र उपप्रमुखको जिम्मेवारी सुरेन्द्र बस्नेतले प्राप्त गरेका छन् ।

नेकपाका केन्द्रीय सदस्य रहेका दुलाल हाल प्रतिनिधि सभामा दलको प्रमुख सचेतक छन् । यसअघि दुई पटक सिन्धुपाल्चोक जिल्लावाट बागमती प्रदेश सांसद निर्वाचित भएका दुलालले भौतिक पूर्वाधार मन्त्रीको जिम्मेवारी समेत निर्वाह गरेका थिए ।

उपप्रमुख बस्नेत राष्ट्रिय युवा परिषदका निवर्तमान कार्यकारी उपाध्यक्ष हुन् । नेकपाका केन्द्रीय सदस्य समेत रहेका बस्नेतले त्रिभुवन विश्वविद्यालयवाट राजनीति शास्त्रमा एम.फिल. र पत्रकारिता तथा आमसञ्चारमा स्नातकोत्तर गरेका छन् । अखिल (क्रान्तिकारी) को पूर्व प्रवक्ता हुँदै उपाध्यक्षको भूमिका निर्वाह गरेका बस्नेत अधिवक्ता समेत हुन् ।

नेकपामा नयाँ विभागको रुपमा गठन भएको सूचना तथा सञ्चार प्रविधि विभागले बदलिँदो परिवेश अनुसार पार्टीलाई सूचना प्रविधिमैत्री बनाउन पहल गर्ने प्रमुख दुलालले बताए ।

हालै बसेको विभागको बैठकले ‘सूचना प्रविधिमैत्री पार्टी, समाजवाद निर्माणको सारथि’ भन्ने नारा समेत तय गरेको दुलालले जानकारी दिए । दुलालले सूचना प्रविधि क्षेत्रका विज्ञ सहित विभागलाई चाँडै पूर्णता दिइने बताए ।

उपप्रमुख बस्नेतले चाँडै पार्टीको सूचना तथा सञ्चार प्रविधि नीति बनाउने, समग्र पार्टीलाई डिजिटलाइजेसन गर्दै लाने र पार्टीका नीतिलाई सूचना प्रविधिको माध्यमबाट जनता माझ स्थापित गर्न विभागले भूमिका खेल्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?