News Summary
Generated by OK AI. Editorially reviewed.- न्युजिल्यान्डका अलराउन्डर रचिन रविन्द्र अकल्यान्डमा प्रोमो सुटिङका क्रममा डाइभिङ क्याच लिँदा दायाँ काँध खुस्काएर घाइते भएका छन्।
- शुक्रबारको परीक्षणमा विशेषज्ञ चिकित्सकले उनको काँधमा कुनै ठूलो संरचनात्मक क्षति नरहेको पुष्टि गरेका छन्।
- आगामी अक्टोबर २२ देखि भारतविरुद्ध सुरु हुने पाँच खेलको टी–२० आई शृंखलामा रविन्द्र खेल्ने वा नखेल्नेबारे अझै स्पष्ट छैन।
३ असोज, काठमाडौं । न्युजिल्यान्डका अलराउन्डर रचिन रविन्द्र प्रोमो सुटिङका क्रममा घाइते भएका छन् । अकल्यान्डमा यसै साता भएको सुटिङका क्रममा डाइभिङ क्याच लिने प्रयास गर्दा उनको दायाँ काँध खुस्किएको न्युजिल्यान्ड क्रिकेटले जनाएको छ ।
क्याच लिने क्रममा सुरक्षा म्याटमा असहज रूपमा ल्यान्ड गरेपछि रविन्द्रको प्रारम्भिक परीक्षण गरिएको थियो । शुक्रबार गरिएको स्वास्थ्य परीक्षणपछि विशेषज्ञ चिकित्सकले उनको काँधमा कुनै ठूलो संरचनात्मक क्षति नरहेको पुष्टि गरेका छन् ।
रविन्द्र मैदान फर्किने समय भने पुनःस्थापनाको सुरुवाती केही सातामा उनको स्वास्थ्य सुधारको प्रगतिमा निर्भर रहने न्युजिल्यान्ड क्रिकेटले जनाएको छ । आगामी अक्टोबर २२ देखि भारतविरुद्ध सुरु हुने पाँच खेलको टी–२० आई शृंखलामा उनी खेल्ने वा नखेल्नेबारे अहिले नै स्पष्ट नभएको जनाइएको छ ।
न्युजिल्यान्डका प्रदर्शन व्यवस्थापक माइक स्यान्डलले रविन्द्रको चोट दुर्भाग्यपूर्ण भएको बताए । उनले रविन्द्रको स्वास्थ्यमा ध्यान केन्द्रित गर्दै जतिसक्दो चाँडो मैदान फर्काउन प्राथमिकता दिइने बताए ।
न्युजिल्यान्डका मुख्य प्रशिक्षक रोब वाल्टरले पनि रविन्द्रलाई हतारमा मैदान फर्काउने पक्षमा आफूहरू नरहेको बताएका छन् । आगामी छ महिनामा धेरै टेस्ट क्रिकेट खेल्नुपर्ने भएकाले आवश्यक समय दिएर उनको पुनःस्थापना गरिने उनले बताए ।
भारतविरुद्धको घरेलु शृंखलामा अक्टोबर २२ देखि नोभेम्बर १ सम्म पाँच टी–२० आई खेल हुनेछन् । त्यसपछि नोभेम्बरमा पाँच एकदिवसीय र दुई टेस्ट खेल हुने तालिका छ ।
प्रतिक्रिया 4