+
+
Shares

देउवालाई महाधिवेशनको उद्घाटनमा प्रमुख अतिथि बनाउने प्रयास भइरहेको छ : गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ३ गते १३:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शेरबहादुर देउवालाई १५ औं महाधिवेशनको उद्घाटन समारोहमा प्रमुख अतिथि बनाउन प्रयास गरिरहेको बताएका छन्।
  • थापाले कांग्रेसमा सबै पुस्ताले काम गर्न पाउनुपर्ने र पार्टीमा फरक मत स्वाभाविक हुने बताएका छन्।
  • थापाले हिजोका कुरा बिर्सेर एक ठाउँमा आएको स्मरण गर्दै सबैलाई विगत नसम्झन आग्रह गरे।

३ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निवर्तमान सभापति शेरबहादुर देउवालाई १५ औं महाधिवेशनको उद्घाटन समारोहमा प्रमुख अतिथि बनाएर सहभागी गराउने प्रयास गरिरहेको बताएका छन् ।

कांग्रेस काठमाडौंको पार्टी कार्यालयमा शनिबार सुरु भएको वडा अधिवेशनमा सहभागी हुन पुगेका सभापति थापाले केन्द्री महाधविशेनको उद्घाटन सामारोहमा देउवालाई ल्याउने प्रयत्न गरिरहेका बताएका हुन् ।

‘म निवर्तमन सभापति आदरणीय नेता शेरबहादुर देउवालाई असोजको १६ गतेदेखि सुरु हुने पार्टीको अधिवेशनमा प्रमुख अतिथि बनाएर सहभागी गराउने कोसिस गरिरहेको छु,’ उनले भने, ‘त्यो उहाँले गर्नुहुन्छ भन्ने अहिले पनि विश्वास राख्छु ।’

सभापति थापाले निवर्तमान सभापति देउवा उमेरले आफ्ना बुवाभन्दा पनि जेठो भएको भन्दै कांग्रेसमा सबै पुस्ताले काम गर्न पाउनुपर्ने बताए ।

‘मेरो फादरभन्दा पनि उमेरमा जेठो हुनुहुन्छ शेरबहादुर देउवा । हामी पाँच जेनेरेसनको मान्छे छौं,’ उनले भने, ‘त्यो पाँचै जेनेरेसनको मान्छेले कांग्रेसमा काम गर्न पाउनुपर्छ ।’

पार्टी भनेको घर–परिवार जस्तो भएको भन्दै सभापति थापाले पार्टीमा फरक मत हुनु स्वाभाविकै भएको पनि बताए ।

‘पार्टी भनेको घर परिवारजस्तो हो । एकै ठाउँ बस्दैगर्दाखेरि खुला छलफल हुन्छ । कहिलेकँही मत फरक–फरक हुन्छ,’ उनले भने, ‘त्यो अस्वाभाविक होइन, स्वाभाविक हो ।’

सभापति थापाले विगतका कुराहरू भुल्न पनि सबैलाई आग्रह गरे । ‘सबैलाई मेरो आग्रह छ, हिजो के भएको थियो, हामी हिजो कुन बेला कहाँ थियौं, कसले के बोल्यौं भन्ने कुरा सबै बिर्सिनुपर्छ,’ उनले भने, ‘कसैले लगत मनसाय राखेर त्यो कुरा गरेका थिएनौं । हामीले आफ्नो ठाउँबाट यो ठीक होला भनेर गर्‍यौं । एक ठाउँमा आएका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?