News Summary
Generated by OK AI. Editorially reviewed.- माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा आज जालीभित्र अल्झिएको र हिलोमा दबेको अवस्थामा थप ११ वटा शव फेला परेका छन् ।
- नेपाली सेनाले ती शवहरू उद्धार गरेर बाहिर निकालेको जनाएको छ ।
- गत १० भदौमा रसुवाको भोटेकोशी नदीको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएकाहरूको खोजी जारी छ ।
३ असोज, काठमाडौं । माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट आज (शनिबार) थप ११ वटा शव फेला परेको छ ।
नेपाली सेनाले जालीभित्र अल्झिएको र हिलोमा दबेको अवस्थामा ११ वटा शवहरू फेला परेको जानकारी गराएको छ ।
उक्त शवहरू उद्धार गरेर बाहिर निकालिएको नेपाली सेनाले जनाएको छ ।
गत १० भदौमा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण सम्पर्कविहीन भएकाहरूको अहिले पनि खोजी जारी छ ।
उक्त टनेलमा थप खोजी कार्य जारी रहेको सेनाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4