+
+
Shares

भदौमा पाँच अर्बको विद्युत् निर्यात

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ३ गते १४:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गत भदौमा भारत र बङ्गलादेशतर्फ ५६ करोड ५६ लाख ६ हजार ४४३ युनिट विद्युत् निर्यातबाट ५ अर्ब ९ करोड २४ लाख रुपैयाँभन्दा बढी आम्दानी भएको छ।
  • द्विपक्षीय सम्झौतामार्फत ४२ करोड १६ लाख युनिटभन्दा बढी विद्युत् ३ अर्ब ६४ करोडभन्दा बढीमा बिक्री भएको प्राधिकरणले जनाएको छ।
  • एक्सचेन्ज मार्केटमार्फत १४ करोड ३९ लाख युनिटभन्दा बढी विद्युत् निर्यातबाट १ अर्ब ४४ करोड ९९ लाख रुपैयाँ आम्दानी भएको छ।
  • भोटेकोशी बाढीले चिलिमे र त्रिशूली जलविद्युत् केन्द्रका संरचनामा क्षति पुर्‍याएपछि बङ्गलादेशतर्फको विद्युत् निर्यात रोकिएको छ।

३ असोज, काठमाडौं । गत भदौमा पाँच अर्ब नौ करोड २४ लाख बढीको विद्युत् निर्यात भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार उक्त अवधिमा भारत र बङ्गलादेशतर्फ कुल ५६ करोड ५६ लाख छ हजार ४४३ युनिट विद्युत् निर्यात भएको हो ।

द्विपक्षीय सम्झौता र विद्युत् बजार (एक्सचेन्ज मार्केट) मार्फत विद्युत् बिक्री गरिएको हो ।

द्विपक्षीय सम्झौतामार्फत ४२ करोड १६ लाख युनिटभन्दा बढी विद्युत् तीन अर्ब ६४ करोडभन्दा बढीमा बिक्री भएको छ भने एक्सचेन्ज मार्केटमार्फत १४ करोड ३९ लाख युनिटभन्दा बढी विद्युत् निर्यातबाट  एक अर्ब ४४ करोड ९९ लाख आम्दानी भएको छ ।

भोटेकोशी बाढीबाट चिलिमे तथा त्रिशूली जलविद्युत् केन्द्रका संरचनामा क्षति पुगेपछि हाल बङ्गलादेशतर्फको विद्युत् निर्यात रोकिएको प्राधिकरणले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?