+
+
Shares

महाधिवेशन गराउन देउवा पक्षले दोलखामा तोक्यो संयोजक र सहसंयोजक

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ३ गते १४:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको संस्थापन इतर समूहले दोलखामा १५ औं महाधिवेशन तयारीका लागि ताराकुमार खड्कालाई संयोजक र जयराम श्रेष्ठलाई सहसंयोजक तोकेको छ ।
  • समूहका १५ औं केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले उक्त जिम्मेवारी तोकेको हुन् ।
  • पार्टीले देशभर वडा अधिवेशन गरिरहँदा इतर समूह सहभागी भएको छैन र उसले १५ असोजमा वडा अधिवेशन तोकेको छ ।

३ असोज, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशनका लागि दोलखामा संयोजक र सहसंयोजक तोेकेको छ ।

इतर समूहको १५ औं केन्द्रीय महाविधेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले दोलखामा संयोजक र सहसंयोजक तोेकेका हुन् ।

उनले महाधिवेशनको तयारीका लागि ताराकुमार खड्कालाई संयोजक र जयराम श्रेष्ठलाई सहसंयोजक तोकेका हुन् ।

जिल्ला संयोजक तोकिएका नेता खड्का १४ औं महाधिवेशनमा दोलखा सभापतिमा बर्मा लामासँग पराजित भएका थिए ।

यस्तै नेता श्रेष्ठ दोलखा–२ का पूर्व क्षेत्रीय सभापति हुन् । उनले नेपाल तरुण दलको जिल्ला अध्यक्ष भएर काम गरिसकेका छन् ।

पार्टीले देशभर शनिबार र आइतबार वडा अधिवेशन गरिरहँदा इतर समूह सहभागी भएका छैन । इतर समूहले १५ असोजमा वडा अधिवेशन तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?