+
+
Shares

करिब डेढ किलो सुनजस्तो देखिने धातुसहित न्युरोडबाट एक भारतीय पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ३ गते १९:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको न्युरोडबाट सुनजस्तो देखिने १ किलो ४ सय ६६ ग्राम ६ सय ८० मिलिग्राम धातुसहित भारतका ४१ वर्षीय मानिक दास पक्राउ परेका छन् ।
  • प्रहरीले दासबाट सुनजस्तो देखिने गरगहना र नगद ७ लाख ५६ हजार रूपैयाँ बरामद गरेको छ ।
  • अवैध रूपमा सुनका गरगहना भण्डारण र बिक्री वितरण भइरहेको सूचनापछि उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ ।

३ असोज, काठमाडौं । काठमाडौंको न्युरोडबाट करिब डेढ किलो सुनजस्तो देखिने धातुसहित एक जना भारतीय पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका–२६ भेडासिंह डेरा गरी बस्ने भारत घर भएका ४१ वर्षीय मानिक दासलाई प्रहरीले पक्राउ गरेको हो ।

१ किलो ४ सय ६६ ग्राम ६ सय ८० मिलिग्राम तौल बराबरको सुन जस्तो देखिने धातुका विभिन्न गरगहनाहरू र नगद ७ लाख ५६ हजार रूपैयाँ सहित ती व्यक्तिलाई पक्राउ गरिएको शनिबार प्रहरीले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

काठमाडौंको न्यूरोड एरियामा अवैध रूपमा सुनका गरगहनाहरू भण्डारण तथा बिक्रि बितरण भइरहेको छ भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर काठमाडौं पठाइएको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?